गलकोट नगरपालिकाको प्रमुखमा ६ जनाको उमेद्वारी दर्ता

-


     गलकाेट    
     वैशाख १३ गते २०७९


आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गलकोट नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा स्वतन्त्र ३ सहित नगर प्रमुखमा ६ जनाको उमेद्वारी दर्ता भएको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एकिकृत समाजवादी तथा जनता समाजवादी पार्टि समाहित ५ दलिय गठवन्धनको तर्फवाट नेपाली कांग्रेसका नेता तथा निर्वतमान नगर प्रमुख भरत शर्मा गैरेले उमेद्वारी दर्ता गराउनुभएको छ ।
त्यस्तै नेकपा एमालेका नेता पुर्ण काउचा र राष्ट्रिय प्रजातन्त्र पार्टिका नेता डम्मर बहादुर केसीले पनि नगर प्रमुखमा उम्मेद्धारी दर्ता गराउनुभएको छ ।
सोमबार स्वतन्त्र उम्मेद्धारको रुपमा महिला नेतृ तथा नेपाली कांग्रेसकी जिल्ला सदस्य मन्जु शर्मा चालिसेले उमेद्वारी दर्ता गराउनुभएको छ । नेकपा माओवादी केन्द्रका नेता गुमानसिंह बुढाथोकी, दिपेन्द्र साहानीले पनि स्वतन्त्र उमेद्वारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सोमबार बिहान ११ बजे नै स्वतन्त्र उमेद्वारी दिन निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएका साहानीले नगर प्रमुखमा पहिलो उमेद्वारी दर्ता गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?