एनआरएनए आइसीसीमा खेलकुदको प्रवर्द्धनलाई प्राथमिकतामा राख्ने एजेण्डासहित गुरुङले दिए

-


     जनहित न्युज    
     श्रावण ९ गते २०८०


गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (आइसिसी) को सदस्य पदमा तत्कालिन पश्चिमाञ्ल क्षेत्रीय भलिबल संघका संस्थापक अध्यक्ष श्री गुरुङ (श्रीभक्त गुरुङ) उम्मेदवारी दिएका छन ।
जुलाई ३० तारिक हुन लागेको एनआरएनए जापानको निर्वाचनमार्फ़त आगामी कार्यकाल २०२३–२०२५ का लागि गुरुङ उम्मेदवारी दिएका हुन् ।
“खेलकुद,समाज र मुलुकको विकासमा एक ईट्टा थप्ने आफ्नो प्रतिबद्धता” भन्ने मान्यताका साथ आफ्नो उम्मेदवारी दर्ता गराएका गुरुङ लामो समयदेखि जापानमा बसेर खेलकूदका साथै सामाजिक कार्यमा सक्रिय रहेका छन । एनआरएनएलाई प्रवासमा रहेका नेपालीहरूको साझा चौतारी बनाउनका लागि आफूले भने–“मैले त्यसै उम्मेदवारी दिएको होइन । धेरैको सल्लाह, सुझाव र कृयाशिलताका आधारमा उम्मेदवारी दर्ता गराएको हो मेरो उम्मेदवारीले जापानमा रहेका धेरै खेलप्रेमीहरुको यात्रामा सहयोग पुर्याउनका लागि पनि मेरो जित आवश्यक छ ।”
तमु धीं जापानका पूर्व अध्यक्ष तथा नेफिन जापानका बरिष्ठ उपाध्यक्ष समेत रहेका गुरुङ पोखरा १ निवासी समेत हुन् । गुरुङले तत्कालिन पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघको संस्थापक अध्यक्ष समेत हुँदा टिमलाई उत्कृष्ट बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यस अघि एनआरएनएको खेल विज्ञको रुपमा समेत रहेका उनी “एक्स बगर यूथ क्लब’’का संस्थापक अध्यक्ष समेत् हुन् ।

खेलकुद र सामाजिक क्षेत्रलाई राजनितिबाट टाढा राख्नु पर्ने आवाजलाई समाजिक सञ्जालबाट बुलन्द गर्ने संगै गलत कुरालाई तिखो ढङ्गले टिप्पणी गर्ने गरेका गुरुङले भने “नेपाल र नेपालीहरु प्रतिको मेरो कर्तब्यलाई संधै आत्मसात् गर्दै मेरो जिवन अघि बढाएको विषय खुल्ला कितावको पाना जस्तै छ” उनले भने–“मेरो उम्मेदवारी हाल सम्म मैले गरेका कुराहरुलाई संस्थागत गर्ने संगै आगामी दिनमा नेपालीहरुको अधिकारलाई स्थापित गर्नु नै हो ।”
एनआरएनए जापानमा यहि ३० तारिख निर्वाचन हुने तय भइसकेको छ । सो निर्वाचनमा ७ हजार भन्दा बढिले मतदान गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?