नेपाल जापान फ़्रेंडन्शिप लायन्स क्लव जापानले डिसेम्बर ६ मा चार्टर नाईट गर्दै

-


     जनहित न्युज    
     मंसिर ५ गते २०७८


नेपाल जापान फ़्रेंडन्शिप लायन्स क्लव जापानले आफ्नो स्थापना दिवसको अवसरमा सामाजिक कार्य गर्ने गरि सप्ताहव्यापी विभिन्न कार्यक्रमको घोषणा गरेको छ ।

चार्टर नाईट डिसेम्बर ६ तारिकको लागि क्लबले नेपालमा रहेका विभिन्न सरकारी विद्यालयहरुमा अध्यनरत गरिब, जेहन्दार अनाथ तथा असहाय विधार्थीहरुलाई छात्रवृत्ति र स्टेशनरी सामाग्रीहरु हस्तान्तण गर्ने, वृद्धाआश्रमहरूमा रहेका वृद्धाहरूलाई न्यानो कपड़ा वितरण गरिने कार्यक्रम रहेको प्रवक्ता लायन नवराज गौतमले जानकारी गराए ।

सप्ताहव्यापी कार्यक्रम अन्तरगत नै जापानमा रक्तदान कार्यक्रम गर्ने लगायत अन्य सामाजिक सेवाका कार्य गर्दै क्लबको छैठौ चार्टर नाईट भव्य रूपले सम्पन्न गर्न लागिएको प्रवक्ता गौतमले बताए ।
क्लबको स्थापनाकालदेखी नै सामाजिक सेवाका कार्यमा समर्पित गर्दै आएकोलाई निरन्तरता दिनका लागि यस स्थापना दिवसमा पनि कार्यक्रमको तयारी गरिएको गौतमले बताए । उनका अनुसार आफ्नो चार्टर नाइटलाई विशेष बनाउन लागि आवश्यक ज़िम्मेवारी बाँडफाँडसहित कार्यक्रमको सम्पूर्ण तयारी भैसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?