जापान प्रवेश नियमहरू सहज भएपछि विदेशी विद्यार्थीहरूलाई प्राथमिकता दिन नसकिने-शिक्षा मन्त्री शिनसुके

- नेपालबाट जापान आउन भिसा स्वीकृत भएका करिब ११ हजार विद्यार्थी ऋणको ब्याज तिर्दै भिसाको पर्खाइमा

-


     जनहित न्युज    
     फागुन ७ गते २०७८


पर्यटकका लागि आगमन बन्द गर्दै १ मार्चदेखि व्यवसायी, विद्यार्थी र कामदारलाई देशभित्र प्रवेश गर्न सहजता प्रदान गर्न कोभिड नियन्त्रणका लागि जारी कडा सीमा नियमलाई जापानले खुकुलो पार्दा विदेशमा फसेका विद्यार्थीहरूलाई प्राथमिकता भने नदिने स्पष्ट पारेको छ।

लामों समयदेखि जापान आउनका लागि करिब १ लाख ५२ हजार विदेशी विद्यार्थीले भिसा स्वीकृत गराइ जापान प्रवेशका लागि हतारिएका भए पनि कोभिड–१९ सम्बन्धी कडा प्रतिबन्धका कारण उनीहरू जापान प्रवेश गर्न असमर्थ भएका थिए।
जापान आउन हताश विद्यार्थीहरूले सीमा प्रतिबन्ध हटाउन महिनौंदेखि नाराबाजी गर्दै आएका र सरोकारवाला पक्षले बारम्बार प्राथमिकताका साथ प्रवेश अनुमति दिन गरेको अनुरोधलाई शिक्षा मन्त्री शिनसुके सुमात्सुले प्रवेश गर्न चाहने सबैलाई समान दृष्टिकोणले हेरिनुपर्ने बताऊदै विद्यार्थीका लागि मात्र त्यस्तो गर्न नसकिने बताए ।

हालसम्म जापान सरकारले करिब ६ लाख २६ हजार विदेशीको भिसा स्वीकृत गरिसकेको भए पनि सीमा प्रतिबन्धमा लगाईएको नियमहरु खुकुलो पार्दै हालको ३ हजार ५०० दैनिक आगमनबाट बढाएर ५ हजार विदेशी नागरिकलाई जापान प्रवेश गर्न दिने निर्णय गरेको छ ।
यो संख्या विदेशी विद्यार्थीहरूलाई मात्र नभई व्यावसायिक व्यक्तिहरू र प्राविधिक इन्टर्न प्रशिक्षण कार्यक्रमहरूका लागि आउनेहरूलाई पनि समेट्नेछ।
जापानको लागि प्रारम्भिक पुष्टि गरिएका उडान आरक्षण भएकाहरूलाई सम्भवतः पहिलो अनुमति दिइने बताईएपनि प्राथमिकता कसैलाई नदिने अधिकारीहरूले बताएका छन।
प्रधानमन्त्री फुमियो किशिदाले फेब्रुअरी १७ मा सहज आगमनका उपायहरूको घोषणा गरेका थिए । जापान प्रवेशमा प्रतिबन्धले स्वीकृत भिसा भएका विदेशी नागरिकहरूको ठूलो अन्यौल सिर्जना गरि देश प्रवेश गर्न असमर्थ भएका थिए।

जापान प्रवेशका लागि जनवरी २०२० देखि संख्या बढेर ४ लाख ७ हजार पुगेको छ। यसमा विदेशी विद्यार्थीहरूको १ लाख ५२ हजार र १ लाख २९ हजार विदेशी नागरिक प्राविधिक इन्टर्न प्रशिक्षण कार्यक्रमहरूमा भाग लिनको लागि पर्खिरहेका छन्।

नेपालबाट जापान आउन भिसा स्वीकृत भएका करिब ११ हजार विद्यार्थी ऋणको ब्याज तिर्दै भिसाको पर्खाइमा

नेपालबाट जापानका लागि झण्डै ११ हजार विद्यार्थी अनुमतिको पर्खाइमा रहेको जापानिज भाषा स्कुल संघ नेपाल (जालसान)का महासचिव रमेश देवकोटाले बताए । 
‘जापान जान चाहनेमध्ये ५० प्रतिशत विद्यार्थीले कलेजको समेत शुल्क तिरिसकेका छन् । आधाजतिले कलेजको शुल्क तिरेका छैनन् । उनीहरू जतिबेला पनि तिर्न सकिने भन्दै तयारी अवस्थामा बसेका छन्,’ देवकोटाले भने । 
अन्य देशमा विद्यार्थी सहज रूपमा पढ्न गइरहेका छन् । तर, जापान भने कोरोनाको कारण देखाउँदै विद्यार्थीलाई प्रवेशमा कडाइ गरेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) अध्यक्ष प्रकाश पाण्डेले बताए ।
विदेश जाने अधिकांश विद्यार्थी ऋण निकालेर नै बसेका छन् । यतिबेला ऋणको ब्याज तिर्दै भिसाको पर्खाइमा बसेका छन् । जापानले भने गत वर्ष केही समय खोलेर फेरि बन्द गरेको थियो । 
जापान आउनका लागि बिक्रम सम्वत् २०७७ सालमा जापानी भाषा पढेर उनले जापानमा अध्ययन गर्न योग्य रहेको प्रमाण (सिओई) प्राप्त गरे अझै जापान प्रवेश नपाएको विद्यार्थीको गुनासो छ । भाषा सिक्दै जापानको एक कलेजमा अध्ययन अनुमतिका लागि आवेदन दिएका एक विद्यार्थीलाई कलेजले ०७७ पुसमा सिओई दियो तर, उनी अहिलेसम्म पनि जापान जान पाएका छैनन । अपवाद बाहेक २६ डिसेम्बर २०२० देखि जापानले धेरै देशबाट विद्यार्थीलाई प्रवेश दिएको छैन । कोरोना महामारीको कारण देखाउँदै गरेको बोर्डर बन्दलाई आगामी मार्चदेखि केहि सहजता बनाउने भएपनि विद्यार्थीले सोचे जसरी चाडै जापान प्रवेश पाउन कठिन छ ।
ऋण लिएर गरेर कलेजमा १० लाख रुपैयाँ बुझाइसकेका विद्यार्थीको पिडा छन् खपी नसक्नु छ ।अहिले निकालेको ऋणको ब्याज माग्दै साहुहरू घरमा आउने थालिसके आफू जाने अझै टुंगो छैन नाम नबताउने सर्तमा एक विद्यार्थीले भने तिर्ने कुनै पनि बाटो छैन । जसले गर्दा उनी एकदमै तनावमा छु ।यो बीचमा उनले नेपालबाटै ब्याचलरको पहिलो वर्षको पढाइ पनि सकाएर दोस्रो वर्षमा अध्ययन गर्दै छन् । 
‘नेपालबाट ब्याचलरको पढाइ सकिने बेला भइसक्यो । जापान कहिले जाने टुंगो छैन । जापान गएर ऋण तिरौँला भनेको, त्यो यो जुनिमा पुरा नहोलाजस्तो छ । अहिले ऋणको ब्याज तिर्दै बसेको छु,’ उनले आफ्नो पीडा व्यक्त गरे ।
विदेश जाने अधिकांश विद्यार्थी ऋण निकालेर नै बसेका छन् । यतिबेला ऋणको ब्याज तिर्दै भिसाको पर्खाइमा बसेका छन् । भने गत वर्ष केही समय खोलेर फेरि बन्द गरेको जापानले फेरि मार्चबाट आगमनमा सहज बनाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?