झमक्क साँझ पार्न आटेको छ, परदेशको ठाउ जताततै विदेशी नै विदेशी देखिन्छन, आफ्नो जन्मभूमि छोडेर जीवन निर्वाहका लागि विरानोमूलक आउदा घरपरिवार गाउपाखाको यादले मनलाई नै शुन्य पारेको अवस्थामा नेपाली लोकभाकाका लागि बाजाहरु बज्न थल्छन अनि नेपाली लोकभाकाका साथमा गुन्जिनछन नेपाली गीत संगीतहरु । मनलाई नै चंगा बनाउछ र अलिकती भएपनि मनको भारी बिसाउने ठाउ पाएको अनुभूति हुन्छ नागोयाको व्यस्त शहर शाकायामा भर्खरमात्र संचालनमा आएको देउराली दोहोरी साँझमा रम्न र रमाउन पाउदा ।
नेपालीहरुलाई आफनै देशको माया ममता र संस्कृतिप्रति निकट राखिराख्न र आफ्नो घरपरिवारको न्यास्रो मेटाउनका लागि केही सहयोग पुर्याओस भन्ने हेतु नेपाली मौलिक कला संस्कृतिलाई विदेशमा रहेरपनि जगेर्ना गर्नका लागि दोहोरी साँझ संचालनमा ल्याइएको संचालक भनाइ छ ।
नेपाली स्वाद सहितको परिकार र मौलिक लोक संस्कृतिलाई जापानीसामु परिचित गराउदै नेपालमा पर्यटक भित्रयाउन समेत टेवा पुर्याउने उद्देश्यले क़ोरोना क़हरको बिचमा पनि करिब ३ करोड़को लगानीमा देउराली रेष्टरेंन्ट तथा दोहोरी साँझ संचालनमा ल्याइएको संचालक सुरज मल्लले बताए ।
जापानमा हाल करिब १ लाखको हारहारीमा नेपाली नागरिक रहेको र त्यसमध्य नेपालीको ठूलो संख्या नागोयामा रहेकोले नेपाली समुदायलाई मुख्य लक्षित गरि रेष्टरेंन्ट र दोहोरी साँझ खोलिएको अर्का संचालक गंगा घर्तीमगरले बताए ।
कोरोनाको महामारी अन्त्य सँगसङगै नेपालबाट कलाकारलाई आमन्त्रण गरि सामयानुसार नेपाली मौलिक संस्कृति र परम्परालाई जापानीहरुका बिचमा परिचित गराउन सहयोग पुर्याउने सोच रहेको संचालक मध्यका इन्द्र पराजुलीले बताए । पाँच जना संचालक रहेकोमा अन्य संचालकहरुमा बिकास राना र हरिकृष्ण ओझा रहेका छन ।
परदेशमा रहेका हामी नेपालीहरुको लागि स्वच्छत मनोरन्जनको उपयुक्त थलो र मौलिक नेपाली परिकारलाई विदेशी सामु परिचित बनाउन यस रेष्टरेंन्ट तथा दोहोरी साँझ भूमिका निर्वाह गर्नेमा डिलाराम खरेलले विश्वास व्यक्त गरे ।
नव निर्वाचित एनआरएनए नागोया क्षेत्रीय समितिका संयोजक मनोज बम मल्लले विदेशी भूमिमा नेपाली माटोप्रतिको माया र सत्भावले संचालित यस खालका रेष्टरेंन्ट तथा दोहोरी साँझलाई सबैले आफ्नो क्षेत्रबाट सक्दो संरक्षण र जगेर्ना गर्न सकियो भने भावी पुस्तामा नेपाली मौलिकता हस्तान्तरणमा सहयोग पुग्ने बताए ।
देउराली रेष्टरेंन्ट तथा दोहोरी साँझ यहि जुलाई महिनादेखि संचालनमा ल्याइएको छ ।