आलस्य भगाउने जापानी तरिका

-


     जनहित न्युज    
     असार १ गते २०८०


जापानी नागरिक क्रियाशील जीवनशैली जिउने भनेर परिचित छन् ।  उनीहरुलाई क्रियाशील तथा ऊर्जाशील बनाइराख्ने त्यस्ता धेरै विधि छन् । जसमा हिँड्नु, साइकल चलाउनु, परम्परागत प्रथा, सांस्कृतिक क्रियाकलाप लगायत समावेश छन् ।

यदि तपाईं पनि आलस्यले भरिएको जीवनमा सकारात्मक परिवर्तन ल्याउन चाहनुहुन्छ भने यस्तै केही जापानी जीवनशैलीलाई अपनाउन सक्नुहुन्छ । जानौं केही जापानी तरिका बारे जसले आलस्य भगाउँछ ।

इकिगाई (उद्देश्य खोज्नु)

आफ्नो जीवनको उद्देश्य, इच्छा, चाहना र दीर्घकालिन लक्ष्यलाई चिन्नुहोस् । आफ्नो कार्यमा उद्देश्यलाई समावेश गर्ने र त्यसलाई आफ्नो मूल्यमान्यतामा रहेर अघि बढेमा अल्छीपनासँग संघर्ष गर्न सकिन्छ ।

काइजान

यो तरिकाले लगातार आफूलाई सुधार्ने तथा आलस्य हराउनमा जोड दिइन्छ । यो कुनै पनि काम पूरा गर्ने महान् जापानी उपाय मानिन्छ । यसले अल्छीपनालाई नियन्त्रण गर्न सानो तथा प्रभावकारी पाइला चाल्न प्रोत्साहित गर्दछ ।

यसका लागि सानो क्रियाकलापबाट सुरु गर्नुहोस् र सुस्त सुस्त क्रियाकलापको अवधी तथा स्तरलाई वृद्धि गर्दै लग्नुहोस् ।

पोमोदोरो टेक्निक

आफ्नो कामलाई २५ मिनेटको अन्तरालमा विभाजित गर्नुहोस् जसलाई पोमोडोरोस भनिन्छ । त्यसपछि एउटा सानो ब्रेक लिनुहोस् । यो तरिकाले काममा फोकस बनाइराख्न सहयोग गर्दछ र अल्छीपनालाई रोक्दछ ।

कानबान प्रणाली

आफ्नो काम तथा प्रगतिलाई ट्रयाक गर्न एउटा भिजुअल बोर्ड वा चार्ट बनाउनुहोस् । आफ्नो कामलाई सानो सानो हिस्सामा बाँड्नुहोस् । जब तपाईं आफ्नो प्रगतिलाई देख्नुहुन्छ, यसले अझै काम गर्ने प्रेरणा प्राप्त हुन्छ र आलस्य कम हुन्छ ।

सिएरी (अव्यवस्था)

आफ्नो भौतिक तथा डिजिटल स्थानलाई सफा राख्ने गरेमा कामप्रतिको विकर्षण कम हुन्छ । सफा र सुन्दर ठाउँमा काम गर्दा छुट्टै ऊर्जा आउँछ । जसले गर्दा काम गर्ने क्षमता पनि बढ्छ र आलस्य कम हुन्छ ।

कायकाकू

कतिपय अवस्थामा परिवर्तन पनि आवश्यक हुन्छ । काम गर्ने तरिकामा परिवर्तन वा नयाँ दृष्टिकोण अपनाउँदा अल्छीपना कम हुन्छ । तपाईंमाथि कुन तरिकाले काम गर्दा आलस्य आउँदैन त्यो तरिकालाई अपनाउनुहोस् ।

यो कुरा थाहा पाउनका लागि तपाईंले धेरै प्रक्रिया वा तरिकाले काम गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?