मुख्यमन्त्री कपको उपाधी बागलुङलाई

- महिला भलिबलतर्फ उपाधी म्याग्दी जिल्ला भलिबल संघलाई

-


     घनश्याम गौतम    
     फागुन ३ गते २०७९


मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९ को पुरुष भलिबल प्रतियोगितामा बागलुङ जिल्ला भलिबल संघ उपाधी बिजेता बनेको छ ।
उपाधीको लागि भएको प्रतिस्प्रर्धामा जिल्ला भलिबल संघ बागलुङले जिल्ला भलिबल संघ पर्वतलाई ३-१ को सेटमा पराजित गदैं उपाधी बिजेता बनेको हो ।
फाईनल खेलमा जिल्ला भलिबल संघ बागलुङले पहिलो, तेस्रो र चौथो सेटमा क्रमश २५-१९, २५-२२, २८-२६ को सेटमा जित निकाल्दै उपाधी उचाल्न सफल भएको हो ।
जिल्ला भलिबल संघ पर्वतले कडा प्रतिस्प्रर्धाका बिच दास्रो सेटमा २९-२७ मा जित निकाले पनि अन्य कुनैपनि सेटमा जित निकाल्न सकेन् ।

उपाधी बिजेता बन्दै जिल्ला भलिबल संघ बागलुङले १ लाख ५० हजार कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता बनेको जिल्ला भलिबल संघ पर्वतले १ लाख मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणको लागि भन्ने उद्धेश्यका साथ प्रदेश खेलकुद परिषदद्वारा आयोजित मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९ फागुन १ गतेदेखी स्याङ्जाको वालिङमा सञ्चालन भएको थियो ।
गण्डकी प्रदेशका ११ जिल्लाकै सहभागिता रहेको प्रतियोगितामा आजै जिल्ला भलिबल संघ नवलपुर तृत्तिय, जिल्ला भलिबल संघ तनहुँ सान्तवना बनेको छ ।
त्यस्तै
मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९ को महिला भलिबल तर्फ म्याग्दी जिल्ला भलिबल संघ उपाधी बिजेता बनेको छ ।
आजै सम्पन्न फाईनल खेलमा जिल्ला भलिबल संघ पर्वतलाई सोझो सेटमा पराजित गदैं जिल्ला भलिबल संघ म्याग्दी उपाधी बिजेता बनेको हो । म्याग्दीले पर्वतलाई २५-१४, २५-१६, २५-१६ को सेटमा पराजित गरेको थियो । उपाधी बिजेता म्याग्दीले १ लाख ५० हजार, उपबिजेता पर्वतले १ लाख साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा क्रमश जिल्ला भलिबल संघ स्याङ्जा तृत्तिय र जिल्ला भलिबल संघ नवलपुर सान्तवना भएका छन् ।
महिला तथा पुरुष भलिबल प्रतियोगिताका उपाधी बिजेता र उपविजेतालाई गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा फागुन ४ गते पोखरामा बिशेष सम्मानको साथ पुरस्कार बितरण गरिने प्रदेश खेलकुद परिषदले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?