संसद्को कार्यकाल सम्बन्धी विवादमा पछि हट्यो सरकार

-


     जनहित न्युज    
     भाद्र २१ गते २०७९


सरकार संसद्को कार्यकाल सम्बन्धी विवादमा पछि हटेको छ ।

प्रतिनिधिसभामा सत्तापक्ष नेपाली कांग्रेसका सांसदहरुले हालेको संशोधन स्वीकार गर्दै आउँदो संसद्को पहिलो बैठक बस्नुअघिसम्म अहिलेकै प्रतिनिधि सभा र प्रदेश सभालाई निरन्तरता दिने निर्णयबाट सरकार पछि हटेको हो । 

सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ मार्फत् संसदीय चुनावपछि पनि पुरानै संसद्लाई निरन्तरता दिन खोजेको थियो । तर, चौतर्फी विरोध भएपछि प्रदेश र प्रतिनिधि सभाको कार्यकाल तोक्ने प्रस्ताव फिर्ता गर्नुपर्ने गरी सांसदहरूले हालेको संशोधनको प्रस्ताव स्वीकार गरेको हो ।

अब संसद्को कार्याकाल असोज १ गतेसम्म कायम हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?