सन् २०२१ को फेब्रुअरीमा सैनिक विद्रोहपछि पक्राउ परेकी म्यानमारकी नेतृ आङ सान सुचीलाई लगाइएका आरोपमध्ये केहीमा क्षमादान दिइएको छ।
जेलबाट निकालेर घरमै नजरबन्द गरिएको केही दिनपछि त्यहाँको सैनिक सरकारले सुची र राष्ट्रपति विन मियन्टको केही सजायमा क्षमादान दिएको हो।
७८ वर्षीया सुचीलाई गत सोमबार जेलबाट नेपिडावस्थित सरकारी भवनमा सारिएको थियो। नोबेल शान्ति पुरस्कार विजेता सुची यस वर्षको जुनसम्म घरमै नजरबन्दमा थिइन्, त्यसपछि उनलाई एकान्त कारागारमा सारिएको थियो।
म्यान्मारको सेनाले फेब्रुअरी २०२१ को कूपछि दुवैजनालाई लेजमा हालेको थियो। सुचीलाई १९ अपराधका लागि दोषी ठहर गरिएको थियो। जसमा जम्मा ३३ वर्षको सजाय सुनाइएको छ।
क्षमादान आङ सान सुची र राष्ट्रपति विन म्यिन्टलाई सबै अपराधका लागि दिइएको होइन। यो क्षमादानले उनीहरुको सजाय मात्रै कम हुनेछ।
७८ वर्षीया सुचीलाई सेनाले लगाएको मुद्दामा ३३ वर्षको जेल सजाय सुनाइएको थियो। जेल सजाय पाएको दुई वर्षयता उनको स्वास्थ्यबारे कुनै जानकारी आएको थिएन।
म्यानमारमा सैनिक विद्रोहपछि त्यहाँ गणतन्त्र अन्त्य भएर गृहयुद्ध चलेको थियो। जसबाट अहिलेसम्म एक हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्।