धर्म-संस्कृति

नागोयामा २८६२ औं सोनाम ल्होछारको अवसरमा वृहत् सांस्कृतिक साँझ हुने, सामाजिक कार्यमा सहयोग जुटाइने

जापान, | नेपाल तामाङ समाज जापान, च्यूबू मिए क्षेत्रीय समिति नागोयाले मन्जुश्री संवत् २८६२ औं सोनाम ल्होछार (त ल्हो) को अवसरमा वृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। 'संसार भरि छरिएर रहेका सम्पूर्ण तामाङहरू एक हौं' भन्ने नाराका साथ आगामी जनवरी ३१ तारिखका दिन नागोयामा यो कार्यक्रम हुन लागेको हो। संस्कृति संरक्षण र सामाजिक उत्तरदायित्व आधुनिकता र पुस्तान्तरणका कारण तामाङ समुदायको मौलिक भाषा, कला र संस्कृति ओझेलमा परिरहेको अवस्थामा प्रवासमा रहेर पनि आफ्नो पहिचान जोगाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको… पुरा पढौ

जापानमा वृद्ध पुरुषहरूको ‘मौन क्रन्दन’: दुई हप्तासम्म बोल्ने साथी नभेटेपछि धर्म प्रचारककै पर्खाइ !

टोकियो (जापान) ।विश्वकै विकसित र सुविधायुक्त देशमध्येको एक जापान अहिले एउटा अनौठो र डरलाग्दो सामाजिक संकटसँग जुधिरहेको छ । त्यो संकट हो— 'सामाजिक अलगाव' (Social Isolation)। विशेष गरी एक्लो जीवन बिताइरहेका वृद्ध पुरुषहरूमा यो समस्या भयावह बन्दै गएको हालैको एक तथ्याङ्कले देखाएको छ ।१६ प्रतिशत वृद्ध पुरुष: दुई हप्तासम्म पूर्ण मौनहालै सार्वजनिक गरिएको तथ्याङ्क अनुसार जापानमा एक्लै बस्ने प्रत्येक ६ जना वृद्ध पुरुषमध्ये १ जना (करिब १६ प्रतिशत) ले कम्तीमा दुई हप्तासम्म कसैसँग पनि कुराकानी नगरेको पाइएको छ । दिनभरि… पुरा पढौ

ससुरालीमा सासुको गुनासो र ज्वाइँको ‘मौन’ पीडा: एउटा फेरिँदो सामाजिक परिवेश

टोकियो (एजेन्सी) । "तिम्रा बुवा त केही पनि गर्नुहुन्न..." ससुरालीको भान्छामा उभिँदा ४० वर्षीय एक जापानी पुरुषको कानमा यो गुनासो बारम्बार ठोकिन्छ। उनकी सासुले जब-जब आफ्ना श्रीमान् (ससुरा) को घरधन्दाप्रतिको उदासीनतालाई लिएर चित्त दुखाउँछिन्, ती पुरुषलाई के जवाफ दिने भन्ने अलमल हुन्छ। यो केवल एउटा घरको कथा मात्र होइन, बरु बदलिँदो पुस्ता र पुरानो सोचबीचको घर्षणको एउटा प्रतिनिधि दृश्य हो। ‘छोरामान्छे भान्छामा पस्नु हुँदैन’ भन्ने त्यो जमाना ती पुरुषका ससुरा केही वर्ष अघिसम्म एक व्यस्त कर्मचारी थिए। उनको समयमा "पुरुषले बाहिर… पुरा पढौ

टोकियोमा कीर्तिमानी मूल्यमा बिक्यो ‘ब्लूफिन टूना’: एउटै माछाको मूल्य ४६ करोड ३२ लाख !

टोकियो, जापान । जापानको राजधानी टोकियोस्थित विश्वप्रसिद्ध तोयुसु माछा बजारमा आज बिहान भएको नयाँ वर्षको पहिलो लिलामीमा एउटा 'ब्लूफिन टूना' माछा अहिलेसम्मकै सर्वाधिक मूल्यमा बिक्री भएको छ। कीर्तिमानी मूल्य र तौल बजारमा ल्याइएको २ सय ४३ किलोग्राम (Kg) तौल भएको उक्त विशाल ब्लूफिन टूना ३२ लाख अमेरिकी डलर(नेपाली विनिमय दर अनुसार करिब ४६ करोड ३२ लाख रुपैयाँ) मा बिक्री भएको हो। यो मूल्य माछाको इतिहासमै हालसम्मको सर्वाधिक मानिएको छ। को हुन् खरिदकर्ता? जापानी परिकार 'सुशी' का पारखीहरूमाझ लोकप्रिय चेन रेस्टुराँ 'सुशी जान्माई' सञ्चालन गर्ने कम्पनी कियोमुरा कर्पोरेसनले… पुरा पढौ

टोकियोको सिबुयामा यस वर्ष पनि ‘न्यु इयर काउन्टडाउन’ नहुने: हाचिको सालिक सिल गरिने, सडकमा मदिरा निषेध

टोकियो, जापान जापानको टोकियो स्थित व्यस्त र चर्चित सिबुया स्टेसन वरपर यस वर्ष पनि नयाँ वर्षको 'काउन्टडाउन' (Countdown) कार्यक्रम नहुने भएको छ। सिबुया वार्ड कार्यालयले लगातार छैटौं वर्ष आधिकारिक रूपमा काउन्टडाउन कार्यक्रम आयोजना नगर्ने निर्णय गरेको हो। सन् २०१९ सम्म सिबुया स्टेसन नजिकै भव्य रूपमा काउन्टडाउन कार्यक्रम हुँदै आएको थियो, तर भीडभाडका कारण हुनसक्ने दुर्घटना र अन्य समस्याहरूलाई मध्यनजर गर्दै त्यसयता यो कार्यक्रम स्थगित गरिँदै आएको छ। हाचिको सालिक क्षेत्र सिल गरिने कार्यक्रम रद्द गरिए पनि नयाँ वर्षको पूर्वसन्ध्या (New… पुरा पढौ

जापानमा सन् २०२५ को ‘वर्षको काान्जी’ घोषणा: सामाजिक अवस्था झल्काउन ‘भालु’ (Bear) शब्द चयन

जापानको क्योटोस्थित प्रसिद्ध कियोमिजु मन्दिर (Kiyomizu Temple) मा बिहीबार सन् २०२५ को सामाजिक र राजनीतिक अवस्था झल्काउने 'यस वर्षको काान्जी' (Kanji of the Year) सार्वजनिक गरिएको छ। यस वर्षका लागि 'भालु' (जापानी उच्चारण: कुमा, 熊) जनाउने चिनियाँ अक्षर (काान्जी) लाई चयन गरिएको छ। जापान काान्जी एप्टिच्युड टेस्टिङ फाउन्डेसनले आयोजना गरेको यस कार्यक्रममा मन्दिरका मुख्य पुजारी सेइहान मोरीले १.५ मिटर लामो र १.३ मिटर चौडा परम्परागत जापानी कागज (वाशी) मा विशाल ब्रसले 'भालु' अक्षर लेखेर सार्वजनिक गरेका थिए। किन छानियो 'भालु'? फाउन्डेसनले देशभरबाट हुलाक र… पुरा पढौ

टोकियोमा आयोजित सप्ताहब्यापी श्रीमद्भागवत ज्ञान महायज्ञ ‘ टोकियो सप्ताह-२०२५’ को तयारी अन्तिम चरणमा

जापानमा एकिकृत नेपाली घरः बहु साँस्कृतिक केन्द्र निर्माणका लागि आर्थिक स्रोत जुटाउनै उद्देश्यले आयोजित सप्ताहब्यापी श्रीमद्भागवत ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ।नोभेम्बर ८ देखि १५ तारिखसम्म सञ्चालन हुने उक्त महायज्ञ 'टोकियो सप्ताह' का लागि आवश्यक मण्डव निर्माण, कलश यात्राका लागि आवश्यक कार्य, स्वयम् सेवक परिचालनका साथै यज्ञादीका लागि गरिनु पर्ने सम्पूर्ण तयार पुरा भएको एनआरएनए जापानका अध्यक्ष तथा टोकियो सप्ताह २०२५ मूल आयोजक समितिका संयोजक सुभास लामिछानेले जानकारी दिए। टोकियोको सिन्जुकुमा हुने उक्त महायज्ञमा कथा वाचनका लागि वाचन शिरोमणिका… पुरा पढौ

टोकियोमा नोभेम्बर ८ देखि १५ तारिखसम्म ज्ञान महायज्ञ ‘टोकियो सप्ताह’हुँदै, आवश्यक तयारी तिव्र पारियो

टोकियो – जापानमा एकिकृत नेपाली घरः बहु साँस्कृतिक केन्द्र निर्माणका लागि आर्थिक स्रोत जुटाउन सप्ताहब्यापी श्रीमद्भागवत ज्ञान महायज्ञ हुने भएको छ ।गैर आवासीय संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापानको आयोजना र जापानमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरुसँगको सहकार्यमा आगामी नोभेम्वर ८ तारिखदेखि १५ तारिखसम्म टोकियोको शिन्ज्युकुमा उक्त सप्ताहव्यापी ज्ञान महायज्ञ हुन लागेको एनआरएनए जापानका अध्यक्ष सुभास लामिछानेले जानकारी दिए। "ज्ञान महायज्ञका लागि नेपालबाट वाचनप्रवीण पण्डित दीनबन्धु पोखरेल र महान बौद्ध गुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछे जापान आउने निश्चित भइसकेको छ।"… पुरा पढौ

बडा दशैँ बिशेष कार्यक्रम स्पेनमा सम्पन्न

बेनिड्रम सहरको होटल मारिनामा बडा दशैँको निकै रम्मझम्म थियो । नेपालीहरुको महान पर्व बडा दशैँको दिन प्रवासी भुमी स्पेनको बेनिड्रममा साँझ पर्न लाग्दा नेपालीहरुको चहलपल सुरु भएको थियो । नेपाली भेषभुषामा सजिएर निधारमा रातो टिका र शिरमा जमरा लगाएर मारिना पुगेका नेपालीहरुको खुसीमा बिदेशीहरुले समेत चासो दिएका थिए । उनिहरुले टिका जमरा र नेपाली पहिरनप्रति चासो दिदै खुसी ब्यक्त गरे । सो दिन नेपाली चाडपर्व भएको खबर पाउँदा बिदेशी नागरिकले खुलेर शुभकामना मात्रै दिएनन् रमाउन अनुरोध समेत गरे । अक्टोवर… पुरा पढौ

गाउँघरमा हुँदैछ ‘लोप’, सहरबजारमा बन्दैछ ‘सोख’

नेपाली हिन्दुहरुको ठुला चाडपर्वहरु तीज, दसैँ तथा तिहार सुरु हुनेबित्तिकै केही वर्ष अघिसम्म पहाडी जिल्लाका गाउँघरहरुमा भिन्नै किसिमको उत्साह, उमङ्ग तथा वातावरण सुरु हुन्थ्यो । तिज, दसैँ तथा तिहार मान्नका लागि लाहुर गएका परदेशीहरु गाउँ फर्कन्थे । सहरबजार गएकाहरु पनि सबैजना गाउँ फर्कन्थे । चाडपर्व संस्कार र संस्कृति तथा परम्परा मात्र नभएर वर्षौँसम्म टाढा भएका साथीभाइसँग र घरपरिवारसँग मिलन र भेटघाट हुने मौका पनि हुने गथ्र्यो ।     परदेश र सहर बजारबाट गाउँघरमा आएका युवाहरु जम्मा भएर सार्वजनिक स्थलहरुमा पिङ… पुरा पढौ