राष्ट्रिय समाचार

विदेशबाट फर्केर स्वरोज़गार बनेका जयबहादुर, जुत्ता चप्पल सिलाएरै मासिक लाखौ कमाई

जुत्ता चप्पल सिलाउने व्यवसायलाई सम्मानजनक नजरले नहेर्ने गलत प्रवृत्ति हाम्रो समाजमा छ । जुत्ता चप्पल सिलाउने मात्रै नभई मजदुरी होस् या जुनसुकै पनि सानो काम गर्ने गरिब, विपन्न वर्गलाई समाजले राम्रो दर्जामा राख्न सक्दैन । कतिपयले समाजमा इज्जत नहुने, डर र लाजका कारण झट्ट काम गर्न मन पराउँदैनन् । जयबहादुर नेपालीलाई भने जुत्ता चप्पल व्यवसायले दाममात्रै नभई समाजमा राम्रो चिनिने अवसर मिलेको छ । उनले दुई दशक अघिदेखि यो व्यवसायलाई अङ्गालेका हुन् । अहिले पनि निरन्तरता दिइराखेका छन् । ‘पुराना… पुरा पढौ

आसन्न कतार विश्वकपमा देखिने छन अहिलेसम्मका विश्वकपमा नदेखिएका दुर्लभ दृश्य

कतारमा हुन लागेको २२ औँ संस्करणको विश्वकप फुटबलको दिनगन्ती सुरु हुन थालेको छ । आगामी मंसिर ४ अर्थात नोभेम्बर २० बाट सुरु हुने फुटबलको महाकुम्भ मेलामा यसपाली केही फरक दृश्य देखिँदैछ । उसो त दर्शकहरुले विगतका संस्करणमा भन्दा विल्कुल फरकपन पाउनेछन् । पहिलो नम्बरमा पर्छ, महिला रेफ्री । विगतका वर्षहरुमा फिफा पुरुष विश्वकपमा पुरुष रेफ्रीमात्र हुन्थे । यद्यपि, यसपालीबाट महिला रेफ्रीलाई पनि मैदानमा देखिनेछ । यस प्रतियोगिताका लागि ३६ रेफ्री छनोट गरिएको छ । तीमध्ये तीनजना महिला (यामाशिता योशिमी, सलिमा… पुरा पढौ

गठबन्धनका उम्मेदवारलाई भोट माग्दै गायक चेतन र ‘दारी बाजे’ सिन्धुपाल्चोकमा

चौतारा २५ कार्तिक, नेपाली सिने जगत र टेलि चलचित्रहरुका चर्चीत हास्य कलाकार सुरबीर पण्डित 'दारी बाजे'ले सिन्धुपाल्चोकमा आएर लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारका पक्षमा मत मागेका छन् ।  हास्य प्रस्तुतीमा 'दारी बाजे' नामले चर्चीत पण्डितले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं १ मा भएका विभिन्न कार्यक्रममा सहभागि भएर लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरु माधव सापकोटा सुबोध र क्षेत्र नं १ को प्रदेश सभा १ का उम्मेदवार मसिना खड्कालाई जिताउन अपिल गरे । युवा उम्मेदवार सुबोध क्रान्तिको रापतापबाट हुर्किएको, देशमा गणतन्त्र र लोकतन्त्र प्राप्तिका लागि क्रान्तिमा होमिएको, गोलि खाएको योद्धा भएको… पुरा पढौ

दुई महिना अघि अध्ययनका लागि जापान आएका प्रविणले किन रोजे मृत्युको बाटो…

दुई महिना अघि अध्ययनका लागि जापान आएका एक नेपालीको मृत्यु भएको छ ।जापानको रयोग़ोकु स्टेशनको सुमिदामा रहेको जापानी भाषा कलेजमा जापानी भाषा अध्ययनका लागि आएका नेपालको नुवाकोट स्थायी घर रहेका १८ वर्षीय प्रवीण नेपालको बिहिवार मृत्यु भएको हो ।मृतक नेपालको के कसरी मृत्यु भएको हो भन्ने स्पष्ट जानकारी नगराइएपनि उनले आफ़नो मृत्युलाई आफैले रोजेको हुनसक्ने उनीसंगै बस्ने छात्रावासका साथीहरूको भनाइ छ ।मंगलबारसम्म विद्यालयमा नियमित अध्ययनका लागि ग़ैरहेका उनी बिरामी भएको जानकारी गराइ सो दिनदेखि विद्यालय नआएको र उनी निकटका साथीलाई… पुरा पढौ

मंसिर ४ को चुनाव जनमत संग्रह जस्तै हो, संविधानको रक्षाका लागि दिल खोलेर मतदान गर्नुहोलाः प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले गोरखाले विकास र समृद्धिको अभियानको पनि नेतृत्व गर्ने बताएका छन् । शुक्रबार गोरखाको सिरानचोक- ८ जौबारीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले गोरखाले जनयुद्ध र शान्ति सम्झौताको नेतृत्व गरेको उल्लेख गर्दै अब विकास र समृद्धिको पनि नेतृत्व गर्ने बताएका हुन् । गोरखा- २ बाट प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका प्रचण्डले गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेको शान्ति सम्झौतालाई पूर्णता दिने यो अन्तिम अवसर भएको बताए । 'गिरिजाप्रसाद कोइराला र मैले हस्ताक्षर गरेर सुरु गरेको यो… पुरा पढौ

विना अनुगमन शिक्षा बजेट खर्चदँै स्थानीय सरकार

काठमाडौं। स्थानीय सरकारहरुले अनुगमनविनै शिक्षा बजेट खर्च गर्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको सरकोकारवालाहरुले बताएका छन् । कर्मचारीको अभाव र उपलब्धिको मूल्याङ्कनविनै स्थानीय सरकारहरुले शिक्षा बजेट खर्च गर्दा विद्यालय शिक्षा सुधार हुन नसकेकोमा उनीहरुको जोड थियो ।शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले बिहिवार आयोजना गरेको ‘स्थानीय तहमा शिक्षा बजेटः खर्च क्षमता र उपलब्धि कति ?’ विषयक छलफलमा सरोकारवालाहरुले स्थानीय तहको कर्मचारी व्यवस्थापन र खर्च क्षमता सुधारमा जोड दिए ।शिक्षाविद् विनय कुसियतले अनुगमन र मूल्याङ्कन संयन्त्रको अभावमा स्थानीय तहमा खर्च भएको शिक्षा… पुरा पढौ

समावेशी,संघीयता, महिला अधिकार लगायत गाउ गाउ सिंहदरबार पुर्याउने माओवादी भएको भन्दै कलाकारले मागे माओवादीलाई भोट (भिडियो सहित)

आगामी पाँच वर्षका लागि देशको शासन सत्ता संचालन गर्न नेतृत्व चयनका लागि आगामी मंसिर ४ मा हुन लागेको आम निर्वाचनमा कलाकारहरूले चर्चित कलाकार सुनिता बुढा र सुकदेव अधिकारीले ‘हँसिया र हथौडामा भोट हाल्न नभुले’ भन्दै माओवादीलाई भोट मागेका छन । नेपाली जनप्रगतिशील मंच जापान क्षेत्रीय समिति कान्साइको प्रस्तुति रहेको ‘माओवादीलाई जिताउन गाउ जान्छु’ नामक चुनावी गीति एल्वममार्फत कलाकार बुढ़ा र अधिकारीले भनेका छन- “अल्लों घरको साहिली माहिली पल्लो घरको ठुले, हँसिया र हथौडामा भोट हाल्न नभुले’ जापानमा रहेर सफल व्यावसायी… पुरा पढौ

‘फिने’ जापानको पहिलो वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न

टोकियो,अन्तराष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) जापान शाखाले आफ्नो पहिलो वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न गरेको छ । सिजुओका प्रान्तको इजुनोकुनीमा शनिबार आयोजित कार्यक्रममा सहभागीहरुले व्यवसायिक सफलताका लागि आफुले गरेका प्रयास, भोगेका चुनौती र तिनको समाधानका लागि गरेका प्रयासहरुबारे एक आपसमा विचार तथा अनुभवहरु साटासाट गरेका थिए । अनुभव आदानप्रदान तथा उद्यमीहरुवीच संजाल विस्तारको उद्देश्यसहित आयोजित कार्यक्रममा अतिथी वक्ताका रुपमा 'नागोया युनिभर्सिटी अफ फरेन स्टडीज' का प्रोफेसर डा. विश्वराज कंडेलले 'दक्षिण एसियामा कर्पोरेट सुशासन र कर्पोरेट सामाजिक उत्तरदायित्व'बारे आफ्नो कार्यपत्र प्रस्तुत… पुरा पढौ

बागलुङमा निर्वाचन: राजनीतिक सहयोद्धा नै चुनावमा मुख्य प्रतिस्पर्धी

बागलुङ । विद्यार्थी राजनीतिबाट उदाएका डिल्लीराम सुवेदी बागलुङ–१ (२ ) बाट प्रदेशसभा सदस्य उमेदवार छन् । सत्ता गठबन्धनका साझा उमेदवार सुवेदी यसअघि नेपाल विद्यार्थी सङ्घमा सक्रिय थिए । नेविसङ्घको केन्द्रीय उपाध्यक्ष हुँदै सिधै मूलधारको राजनीतिमा आएका उनी नेपाली कांग्रेसका कान्छा उमेदवारमध्ये एक हुन् । उनी ३९ वर्षका हुन् । काठमाडौंस्थित शिक्षा क्याम्पसको स्ववियु सभापति भइसकेका सुवेदी कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । शिक्षाका लागि राष्ट्रिय अभियानका केन्द्रीय अध्यक्ष सुवेदीले सार्वजनिक शिक्षाको सुधारका पक्षमा वकालत गर्दै आएका छन् । हिजोका राजनीतिक सहयोद्धा… पुरा पढौ

सुदूरपश्चिममा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प, ६ जनाको मृत्यु, पाँच घाइते

डोटीको पुर्विचौकी गाउँपालिका–३ गैरागाउँमा भूकम्पमा परेर ६ जनाको मृत्यु भएको छ । मंगलबार राति गएको भूकम्पले अन्य पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा चार जना बालबालिका र अन्य दुई जना रहेका छन् । भूकम्पमा परेर स्थानीय ५० वर्षीय प्रेम बोहरा, ४० वर्षीया भगवती बोहरा, १३ वर्षीया सीता बोहरा, आठ वर्षीय हर्क बोहरा र १४–१४ वर्षीया धनसरी र तुल्सी बोहोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय सानागाउँका प्रहरी सहायक निरीक्षक नयनसिंह भाटले जानकारी दिए। भूकम्पमा परेर अन्य पाँच जना घाइते… पुरा पढौ