आगामी निर्वाचनबाट एमालेले तीनै तहको सरकारमा पुनःस्थापना गर्ने ओलीको दाबी

-


     जनहित न्युज    
     वैशाख १८ गते २०७९


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी तीनै तहको सरकारमा पुनःस्थापना हुने उदघोष गरेका छन ।

आसन्न स्थानीय तहको र निकट भविष्यमा आउने संसदीय निर्वाचनबाट जनताको बलियो समर्थनसहित नेकपा एमालेलाई तीनै तहका सरकारमा पुनर्स्थापना गर्दै हामी राष्ट्रको यस अभिभारालाई पूरा गर्ने छौं,’ मे १, अन्तर्राष्ट्रिय श्रमिक दिवस २०२२ को अवसरमा जारी ओलीको सन्देशमा भनिएको छ । यस क्रममा अध्यक्ष ओलीले संवैधानिक संस्थाहरूलाई असंवैधानिक रुपमा दुरुपयोग गरी एमालेलाई सरकारबाट हटाइएको उल्लेख गरेका छन ।

‘यसले सम्मानित, सुरक्षित श्रम जीवन, स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फ केन्द्रित हाम्रा पाइलामा अवरोध पुर्यायो’, अध्यक्ष ओलीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?