गलकोट स्पोर्टस् क्लव टोकियो जापानको भलिबल प्रतियोगिता सम्पन्न,गलकोट समाज बन्यो च्याम्पिएन

-


     जनहित न्युज    
     वैशाख ६ गते २०७९


गलकोट स्पोर्टस् क्लव टोकियो जापानले क्लवको आठौ वार्षिकोत्सव तथा नेपाली नया वर्ष २०७९ को अबसरमा आयोजना गरेको सातौ सिल्वर कप रनिङ्कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
सोमवार टोकियो कामताको ओता-कु स्पोर्ट्स सेण्टर १-११-१ हिगासी कामता (Ota-ku Sports Center
1-11-1, Higashi-Kamata,Ota-ku,Tokyo)मा सम्पन्न प्रतियोगितामा प्रथम स्थान प्राप्त गल्कोट समाज जापानले तीन लाख दश हजार येन नगद सहित मेडल,प्रमाण पत्र र सिल्वर कप प्राप्त गरेको थियो भने उप विजेता तल्लो लमाइ समाज जापानले दुई लाख दश हजार येन नगद सहित प्रमाण पत्र मेडल र कप प्राप्त गरेको थियो ।
सान्त्वना स्थान प्राप्त गरेका गल्कोट समाज जापान क्षेत्रीय समिति नागोया र आयोजक गल्कोट स्पोर्टस् क्लव टोकियोले पचपन्न हजार पाच सय पचपन्न येन नगद सहित प्रमाण पत्र प्राप्त गरेका थिए।

गल्कोट समाज जापानको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगितामा आयोजक गल्कोट स्पोर्टस् क्लव टोकियो सहित गल्कोट समाज जापान,गल्कोट समाज जापान नागोया,पर्वत समाज जापान,कर्णाली प्रदेश समाज जापान,G.D.A जापान,S.W.Y.C जापान N.Y.S.C जापान,ताराखोला समाज जापान,बोहोराफाँट समाज जापान,तल्लो लमाई समाज जापान गरी एघार टिमको सहभागिता रहेको थियो।
विधागत सात उत्कृट विधा अन्तर्गत वेष्ट प्लेयर बिपिन भण्डारी गल्कोट समाज जापान,वेष्ट स्पाईकर महेन्द्र भण्डारी गल्कोट स्पोर्टस् क्लव टोकियो ,वेष्ट सेटर भविन थापा गल्कोट समाज जापान, वेष्ट क्विकर कृष्ण खड्का तल्लो लमई समाज,वेष्ट ब्लकर दिपक अधिकारी गल्कोट समाज नागोया,वेष्ट डिफेण्डर सुशान्त मल्ल गल्कोट समाज जापान तथा वेष्ट कोच लोकेश खत्री गल्कोट समाज जापानले प्राप्त गरेका थिए।

त्यसै गरी गल्कोट स्पोर्टस् क्लव टोकियो जापानको सस्थापक सदस्य तथा भलिबल खेलाडी राजा खत्रीलाई निरन्तर भलिबल खेलमा गरेको योगदानको कदर गर्दै सम्मान तथा मायाको चिनो प्रदान गरेको थियो।
संचालन भएका हरेक प्रतियोगितामा उल्लेखनीय योगदान पुर्याउने खेलाडीलाई सम्मान गर्दै आईरहेको क्लवले यस प्रतियोगितामा पनि नेपालको खेल ईतिहासमा पहिलो के वन किक् बक्सिंङ खेलाडी तथा किकबक्सिंङ प्रशिक्षक देव घिमिरे तथा किक बक्सिंङ खेलाडी अबिरल घिमिरेलाई सम्मान गरेको थियो ।

प्रतियोगिताको औपचारिक कार्यक्रममा बोल्ने वक्ताहरूले प्रवासमा रहेर पनि राष्ट्रिय खेल भलिबलको विकास र खेलाडीको क्रियाशीलतालाई निरन्तरता दिन क्लबले महत्वपूर्ण योगदान पुर्याएकोमा खुशी व्यक्त गर्दै जापानमा संचालन हुने हरेक भलिबल प्रतियोगितामा सम्पूर्ण सरोकारवाला निकायको समन्वयमा अझै परिष्कृत बनाउदै ज़ानुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि गल्कोट समाज जापानका अध्यक्ष यम खत्री, एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल नेपाली जनप्रगतिशील मंच जापानका अध्यक्ष भवानी पन्त लगाएत बिभिन्न संघसंस्थाका पदाधिकारी लगायतले मन्तव्य राखेका थिए ।कार्यक्रम क्लवका अध्यक्ष डिलाराम निउरेको अध्यक्षता र महासचिव हिमाल कँडेल र सचिव दिनेश थापाको संचालनमा सम्पन्न भएको थियो ।

प्रतियोगिताको ईन्सोरेन्स पाट्नरका रुपमा नेपालीहरु द्वारा संचालित मिराई लाईफ ईन्सोरेन्स, ट्राभल्स पार्टनरको रुपमा सुमेघ ट्राभल्स थियो भने मिडिया पाट्नरका रुपमा जनहित न्युज रहेको थियो।ईन्सोरेन्स पाट्नर मिराई लाईफ ईन्सोरेन्सले वेष्ट प्लेयरलाई एक बर्षको ईन्सोरेन्स गरिदिएको थियो जुन बिपिन भण्डारीले प्राप्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?