पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि ,पेट्रोल प्रतिलिटर १६०, खाना पकाउने ग्यास प्रति सिलिण्डर १६०० 

-


     जनहित न्युज    
     चैत्र २३ गते २०७८


काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ ।

नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टितेलको प्रतिलिटर १४३ रुपैयाँ कायम गरिएको छ । खाना पकाउने ग्यासको प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ ।

निगमले हवाई इन्धन आन्तरिकतर्फ ४ रुपैयाँले बढाएर प्रतिलिटर १५६ रुपैयाँ र बाह्यतर्फ ५० डलरले बढाएर प्रतिकिलोलिटर १५४५ डलर कायम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?