पिकअप जीप दुर्घटनामा परि नेकपा(एमाले) नगर समितिका अध्यक्ष पौडेलको निधन

-


     जनहित न्युज    
     चैत्र १५ गते २०७८


बागलुङको पश्चिम क्षेत्रको मध्यपहाडी लोकमार्ग अन्तरगतको निसीखोला गाउँपालिका–२ खाडु भन्ने स्थानमा पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको र एकजना गम्भिर घाइते भएका छन।
खाडुको भिरबाट खोलामा खसेको जीप दुर्घटनामा परि ढोरपाटन नगरपालिका वडा नम्बर १ का ४७ वर्षीय ऋतुवर्ण पौडेलको मुत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए ।

मंगलबार साँझ ६ बजे तिर निसीबाट बुर्तिबाङ तर्फ आउँदै गरेको लु १ त ९४८० नम्बरको पिकअप जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।दुर्घटनाको प्रारम्भिक अनुसन्धानमा जिप अनियन्त्रीत भै तल खसेको बुझिएको छ । यसको थप अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ । मृतक पौडेलले जीप आफै चलाएको स्थानीयले बताएका छन् ।
पौडेल स्वास्थकर्मीका साथै बुर्तिबाङ बजारको सफल व्यवसायीको र नेकपा एमालेका ढोरपाटन नगर अध्यक्ष समेत हुन । अन्य घाइते हुनेमा तिलोत्तमा नगरपालिकाका ३८ वर्षका सुरेश थापा रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?