संखुवासभा दुर्घटनाका मृतक १४ मध्ये १० को सनाखत नामावलीसहित

-


     जनहित न्युज    
     फागुन २६ गते २०७८


संखुवासभामा आज बिहान भएको बस दुर्घटनामा मृत्यु भएका १४ जना मध्ये १० जनाको सनाखत भएको छ ।  दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान साढे ७ बजे संखुवासभाको मादी नगरपालिका- ६ सातघुम्तीमा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियाे । 

दुर्घटनामा अहिलेसम्म १४ जनाकाे मृत्यु भइसकेको छ। तीमध्ये १० जनाको मात्र नाम र ठेगाना खुलेको छ, बाँकी २ महिला, एक पुरुष र एक बालकको भने पहिचान खुल्न बाँकी रहेको १ नम्बर प्रदेश ट्राफिक कार्यलय इटहरीले जनाएको छ।

मृतकमा जिल्ला संखुवासभा मादी ६ बस्ने वर्ष नखुलेकी अञ्जना कटुवाल, मादी ५ बस्ने वर्ष ४५ का दीपक दाहाल, मादी ६ बस्ने वर्ष ३८ का इन्द्रबहादुर अधिकारी, मादी ४ बस्ने वर्ष ३५ का उमेश भट्टराई (सहचालक) छन्। 

यस्तै मादीकै वडा नम्बर ४ बस्ने वर्ष ३८ का आइतबहादुर तामाङ, सोही ठाउँ बस्ने वर्ष ३५ कि सविता राउत कार्की, मादी ५ का वर्ष ५२ का श्याम शेर्पा, सोही ठाउँ बस्ने वर्ष ५५ का भवानी दाहाल, मादी ६ वर्ष ५ की दीक्षा कटुवालको मृत्यु भएको छ।

यस्तै तेह्रथुम औशीडाँडा बस्ने वर्ष ३० का विपिन निरौला (चालक तथा सवारी धनी) को पनि मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ। 

यस्तै घाइतेहरू धेरैजसो संखुवासभाकै छन्।

जसमा मादी ५ बस्ने वर्ष ३० को सुभाष गोले, मादी ६ बस्ने वर्ष २२ की तुलसा कटुवाल, मादी ६ बस्ने उमेर नखुलेकी अम्बिका विक, सोही ठाउँ बस्ने वर्ष ५० को डम्बरबहादुर कार्की र मादी ५ बस्ने वर्ष ३० कि युका पोखरेल छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?