
नेपाली कांग्रेस गण्डकी प्रदेशका सदस्य बसन्त कुमार श्रेष्ठ प्रदेश समितिको कोषाध्यक्षमा चयन भएका छन । श्रेष्ठलाई मंगलबार बसेको नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको बैठकले सर्वसम्मत रुपमा चयन गरेको हो ।
काँग्रेसको विधानमा निर्वाचित सदस्यबाट कोषाध्यक्ष मनोनित गर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार सभापति शुक्रराज शर्माले श्रेष्ठलाई कोषाध्यक्षमा मानोनित गरेका हुन ।
बागलुङ क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधि भएका श्रेष्ठले नेविसंघको विद्यार्थी राजनीतिबाट राजनैतिक यात्रा सुरु गरेका थिए । उनी धौलागिरि बहुमुखी क्याम्पसको स्ववियु सभापति हुँदै नेविसंघको केन्द्रीय सदस्य भएका थिए ।
प्रदेशलाई आर्थिक हिसाबले मजबुत र पारदर्शि बनाएर प्रदेश र सबै जिल्लाको आर्थिक विभागलाई प्रभावकारी ढंगले संचालन र व्यवस्थापन गर्ने रणनैतिक कार्यक्रम ल्याउने श्रेष्ठले नयाँ विश्वलाई बताए ।
बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षको समेत जिम्मेवारी सम्हालि सकेका श्रेष्ठ होटल व्यवसाय र समाजसेवामा पनि क्रियाशिल छन् ।



