नेपाल राष्ट्रिय उघोग व्यापार संगठनले जनयुद्ध दिवसमा चियापान कार्याक्रम गर्ने

-


     जनहित न्युज    
     माघ २९ गते २०७८


नेपाल राष्ट्रिय उघोग व्यापार संगठन जिल्ला समिति, बागलुङद्धारा २७ औं जनयुद्ध दिवसको उपलक्ष्यमा चियापान र शुभकामना आदान प्रदान कार्याक्रमको आयोजना गरेको छ ।

फागुण १ गते दिउँसो ३ बजे होटल समिटमा चियापान तथा शुभकामना आदान प्रदान कार्याक्रम आयोजना गरिएको संगठनका महासचिव गोकुल कँडेलले नयाँ विश्वलाई जानकारी दिए ।

नेपालको राजनैतिक,सामाजिक,साँस्कृतिक र आर्थिक परिर्वतनको लागि महत्वपूर्ण योगदान र बलिदान दिएको राजनैतिक परिघटना सुरु भएको फागुण एक गतेलाई विशेष ढंगले जनसमुदायको विचमा मनाउन उक्त कार्याक्रम आयोजना गरेको नेपाल राष्ट्रिय उघोग व्यापार संगठन गण्डकी प्रदेशका उपाध्यक्ष अर्जुन चोखालले बताए ।

भोलिको कार्याक्रममा जनयुद्धमा महत्वपूर्ण योगदान गरेका शहिद,बेपत्ता परिवार र राजनैतिक नेता, कार्यकताहरु,उद्योगी र व्यवसायीहरुको उपस्थिति रहने नेपाल राष्ट्रिय उघोग व्यापार संगठन जिल्ला समिति, बागलुङका उपाध्यक्ष प्रकाश प्रसाद शर्मा पौडेलले जानकारी दिए ।

२०५२ साल फागुण १ गते नेपालमा विद्यमान सामन्तवादी र औपनिवेशिक व्यवस्थालाई अन्त्य गरी जनताको जनवादी व्यवस्था स्थापनाको लागि तत्कालिन नेकपा माओवादी पार्टीको अध्यक्ष प्रचण्डको नेतृत्वमा सशस्त्र संघर्षको थालनी भएको थियो ।

बागलुङको सबै पालिकाहरुमा स्थानीय पार्टी समिति र जनवर्गीय संगठनहरुले विविध कार्याक्रम गरी जनयुद्ध दिवस मनाउन लागेको नेकपा (माओवादी केन्द) बागलुङ जिल्ला समन्वय प्रमुख ज्ञामनाथ गैरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?