
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले नेपाल र अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसी बारे एक प्रेस विज्ञप्ती मार्फत आफनो धारणा सार्वजनिक गरेको छ । संगठनका अध्यक्ष श्याम बहादुर पाठकले एमसिसी परियोजना नेपालको हित विपरित भएकोले उक्त परियोजनालाई जस्ताको तस्तै संसदबाट पास गर्न नहुने विचार विज्ञप्तीमा उल्लेख गरेका छन् ।
एमसिसीको धेरै प्रावधान नेपालको सार्वभौमिकता र स्वाधिनता विरुद्ध भएकोले संसदमा भएको सबै राजनैतिक दलहरुले नेपालको हित विरुद्ध भएको असमान प्रावधानहरुलाई सहमतिमा हताएर मात्र पास गर्नु पर्ने संगठनले माग गरेको छ ।
एमसिसी परियोजना नेपालको कानुनभन्दा माथि हुने, नेपालले एमसिसी अन्तर्गत अमेरिकीको वर्तमान र भविष्यको कानुन मान्नु पर्ने,परियोजनामा प्राप्त हुने बौद्धिक सम्पत्तिमा एमसिसीको एकलौटी अधिकार हुने,परियोजना लागु गर्न भारतको पनि स्विकृति चाहिने,एमसिसी निरिक्षण,सुपरिवेक्षण र व्यवस्थापनको लागि अमेरिकाले जुन सुकै व्यक्ति पठाउन सक्ने,त्यस्ता व्यक्तिको राष्ट्रियताकोसंम्बन्धमा नेपालले प्रश्न उठाउन नपाउने,परियोजना खट्ने व्यक्तिले कुनै
अपराधिक घटना घटाए उक्त व्यक्ति उपर कुनै कानुनी कारवाहि गर्न नपाइने,परियोजनाको विचमा एमसिसी सम्झौतामा कुनै संशोधन गर्नु परेमा नेपालको कानुन आकर्षित नहुने जस्ता असमान,राष्ट्रियहित र नेपालको सार्वभौमिकतामा गम्भिर र दिर्धकालिन असर पर्ने असमान व्यवस्थाहरु भएकोले उक्त परियोजनाको बारेमा संसद र जनताको विचमा गम्भिर छलफल,बहस गरेर त्यसमा भएका असमान र नेपालको हित विरुद्धका प्रावधानहरु हटाउन नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले माग गरेको छ ।



