
कोभिड-१९ को संक्रमणलाई मध्यनजर गर्दै कोरोना भाइरसको अत्यधिक ट्रान्समिसिबल ओमिक्रोन भेरियन्टको फैलावटसंगै स्वास्थ्य विज्ञहरूले जापानमा महामारीको छैटौं लहरको चेतावनी दिएसंगै जापानले शुक्रबारबाट तीनवटा प्रिफेक्चरहरूमा स्वास्थ्य सतर्कता अन्तरगत अर्ध-आपतकालिन अवस्थामा राख्ने निर्णय गरेको छ ।
राष्ट्रव्यापी कोरोना संक्रमणको संख्या चार महिनाको यता कै उच्च ६००० भन्दा बढि रहेको ओकिनावा अमेरिकी सैन्य आधारहरूबाट भाइरल पुनरुत्थान सुरु भएको शंका रहेकोले ओकिनावा,यामागुची र हिरोशिमामा आइतवारदेखि जनवरी ३१ सम्म स्वास्थ्य सतर्कता अन्तरगत अर्ध-आपतकालिन घोषणा गरिएको छ ।
कोभिड-१९ सम्बन्धी हेर्ने एक सरकारी प्यानलले ती तीन प्रान्तहरूमा अर्ध आपतकालको लागि स्वीकृति दिएको हो । यी प्रान्तहरूमा कोरोना संक्रमण शनिवार ओकिनावामा १७५९ र शुक्रवार हिरोशिमामा ४२९ मा भेटिएका छन, जुन अहिलेसम्मको सबैभन्दा उच्च संख्या हो। यसैगरि यामागुचीले १८० जनामा संक्रमण पुष्टि भएको छ, यो दोस्रो दैनिक उच्च संख्या हो । तीन प्रिफेक्चरहरूले राष्ट्रको कुल संख्याको लगभग एक तिहाइ कोरोना संक्रमित यहि रहेको थियो । यो संख्या एक हप्ता अघिको भन्दा १० गुणा बढी हो ।
स्वास्थ्य सतर्कता अन्तरगत अर्ध-आपतकालिन घोषणा गरिएका प्रान्तहरूलाई एन्टि-कोरोनाभाइरस उपायहरूलाई बलियो बनाउन र रेष्टुरेण्टहरू तथा भोजन प्रतिष्ठानहरूलाई (बिजीनेस आवर) व्यापार घण्टा छोटो बनाउन र मादक पदार्थ रक्सी सेवा बन्द गर्न अनुरोध गरिएको जापानी समाचार माध्यमहरुले जनाएका छन ।
गभर्नरहरूले रेस्टुरेन्टहरू जस्ता व्यवसायहरूलाई चाँडै बन्द गर्न र मदिरा सेवा बन्द गर्न आदेश दिन सक्ने र उपयुक्त वैध कारणहरू बिना त्यस्ता आदेशहरूलाई अवज्ञा गरेमा २० मान येन ($ 1,700) सम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था रहेको छ । अर्ध-आपतकालिन अवस्थामा पनि स्थानीय अधिकारीहरूले उचित कोरोना रोकथाम तथा नियन्त्रण कदमहरू चालदै प्रमाणित रेष्टुरेण्ट भोजन प्रतिष्ठानहरूले रक्सी उपलब्ध नगराउन आग्रह गर्न सक्नेछन ।
ओकिनावाका गभर्नर तामाकीले दक्षिणी टापु प्रान्तमा अमेरिकी सैन्य अड्डाहरू संक्रमणको द्रुत बृद्धिको प्रमुख कारकहरू मध्ये एक रहेकोमा कुनै शंका नभएको बताए । यता यामागुचीका गभर्नर सुगुमासा मुराओकाले लिइएको भाइरस नमूनाहरूको जीनोमिक विश्लेषणको नतिजा उद्धृत गर्दै अमेरिकी कर्मचारी र निवासीहरूबाट नै फैलिएको बताएका छन । जापानले संयुक्त राज्य अमेरिकालाई आफ़ना सेनाहरूले उचित रूपमा एन्टिभाइरस कदमहरू उपयुक्त र प्रभावकारी रूपमा गरेको सुनिश्चित गर्न आग्रह गरेको छ ।
यदि हामीले संक्रमण थप फैलिएको देख्यौं भने, हामीले आपतकालिन अवस्थामा कडाइ गर्ने गर्ने बारे विचार गर्नुपर्नेछ गभर्नर तामाकी भने-त्यस्तो अवस्थामा, हामीसँग कडा प्रतिबन्धहरूको लागि आह्वान गर्नु बाहेक अर्को विकल्प हुँदैन,त्यसैले ओकिनावामा स्थानीय बासिन्दाहरू र व्यवसायीहरूले संकटबाट पार लगाउनको लागि सहयोग गरिदिनुपर्यो ।
तीनवटा प्रान्तमा आपतकालिन अवस्थाको घोषणा गरिए पनि कभरेज र प्रतिबन्धहरूको सन्दर्भमा अर्ध आपतकालिन थप सीमित हुने बताएको छ । यामागुची र हिरोशिमामा मात्र केही सहर र सहरहरूको वरिपरी हुनेछ भने ओकिनावाका सबै क्षेत्रमा लागु रहने छ ।
गत अक्टोबरमा पदभार ग्रहण गरेका प्रधानमन्त्री फुमियो किशिदाको नेतृत्वको सरकारले तिव्र गतिमा फैलिएको संक्रमण नियन्त्रण गर्न र स्थानीय चिकित्सा प्रणालीहरूलाई व्यवस्थित र प्रभावकारी बनाउने उपायहरूको कार्यान्वयन गर्नका लागि ती प्रान्तहरूका अर्ध आपतकाल लगाईने बताईएको छ ।
प्रधानमन्त्री किशिदाले संक्रमणको फैलावटलाई तिव्र गतिमा रोक्न र सामना गर्न आवश्यक रहेकोआफ़्नो कार्यालयमा कोरोनाभाइरस सम्बन्धी बैठकमा बटाएका छन । संक्रमितको संख्या वर्षको अन्त्यमा राष्ट्रव्यापी रूपमा बढ्दै गएको र नयाँ वर्षको अवधि र ओमिक्रोनको समुदायस्तरमा फैलिएको पनि उनले बताए ।
जापानले कोभिड- विरुद्दको खोपको लगाउनेको संख्या र मात्रा बढाउदै जाँदा नयाँ पुष्टि भएका कोरोनाभाइरसका केसहरूमा स्पष्ट गिरावट आएको थियो। तर पछिल्ला दिनमा ओमिक्रोन स्ट्रेनले नयाँ चुनौतीहरू खडा गरेको छ, ओकिनावाका गभर्नर डेनी तामाकीले यसको फैलावटको गतिलाई “चकित पार्ने र विस्फोटक” टिप्पणी गरेका छन ।
टोकियो र ओसाका लगायत ठूला शहरहरूमा नयाँ भाइरस ओमिक्रोन समुदाय स्तरमा फैलिएपछि तनावको भएको छ। टोकियो महानगर सरकारले शनिवार सेप्टेम्बर १५ यताकै सबैभन्दा उच्च कोभिड-१९ को १२२४ नयाँ संक्रमित फेला पारेको बताएको छ ।



