
नयाँ वर्षको दिनमा मध्य जापानको इसिकावा प्रिफेक्चरको नोतो प्रायद्वीप र आसपासका क्षेत्रहरूमा गएको शक्तिशाली भूकम्पमा कम्तिमा ४८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
इशिखावा प्रिफेक्चरको सुजु सहरमा २० जना, वाजिमा सहरमा १९ जना, नानाओ सहरमा ५ जना, अनामिजु सहरमा २ जना, हाकुई सहर र सिगा सहरमा १–१ जना गरी ४८ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

इसिखावा प्रिफेक्चरमा आज बिहान पनि ५.६ म्याग्नेच्युटको अर्को भूकम्प गएको थियो । भुकम्प, आगलागी र सुनामीका कारण घाइते भएकाहरुको उद्धार र उपचार भइरहेकाले घाइतेको संख्या यकिन भएको छैन ।
७.६ म्याग्निच्युडको भूकम्पले इशिकावा प्रिफेक्चरको वाजिमा सहरमा व्यापक संरचनात्मक क्षति र आगलागी हुँदा र निरन्तर परकम्प कारण सडकमा भग्नावशेषले उद्धार कार्यमा बाधा पुर्याएको छ । थप क्षतिको रिपोर्ट आइरहेका र उद्धारकर्ताहरू भूकम्पबाट बाचेकाको खोजी गर्न दौडिरहेका छन्।
मृत्यु हुनेमा वाजिमा म्युनिसिपल अस्पतालमा सात जना घाइते भएका पनि रहेको जापानी अधिकारीहरूले भने।
साँझ ४ बजेर १० मिनेटमा गएको भूकम्पपछि सोमबार राति करिब १.२ मिटरको अग्लो छाल वाजिमा बन्दरगाहसम्म पुगेपछि सुनामीको चेतावनी दिईएको जापानको समुन्द्र किनारमा रहेको बृहत् क्षेत्रलाई मंगलबार बिहान हटाइएको थियो ।

सार्वजनिक प्रसारक NHK द्वारा मंगलबार बिहान लिइएको फुटेजमा एक सात तले भवन छेउछाउमा रहेको र बिहानको बजारको लागि परिचित वाजिमाको केन्द्रीय क्षेत्रमा सोमबार ठूलो आगो लागेको देखाइएको छ।
मध्य वाजिमा क्षेत्रका २०० भन्दा बढी संरचनामा आगलागी भएको छ तर ती अझै फैलिने सम्भावना न्यून रहेको इशिकावा प्रिफेक्चरल अधिकारीहरूले बताएका छन्।
सहरमा १४ जना मानिस भग्नावशेषमा फसेको रिपोर्ट आएको पनि अधिकारीहरूले बताएका छन्। भूकम्पले निगाता, तोयामा, फुकुई र गिफु प्रान्तमा पनि क्षति पु¥याएको छ ।
“नोटो प्रायद्वीपको उत्तरी क्षेत्रहरूमा सवारी साधनहरू प्रवेश गर्न अत्यन्तै गाह्रो छ,” प्रधानमन्त्री फुमियो किशिदाले पत्रकार सम्मेलनमा भने, केन्द्र सरकारले जहाजहरू प्रयोग गरेर राहत सामग्रीको ढुवानीमा समन्वय गरिरहेको छ।
करिब १,००० सेल्फ डिफेन्स फोर्सका जवानहरू उद्धार र राहत कार्यमा संलग्न छन्, किशिदाले भने।
भूकम्पको केन्द्रबिन्दु वाजिमाको ३० किलोमिटर पूर्व-उत्तरपूर्वमा रहेको थियो जसको अस्थायी गहिराइ १६ किलोमिटर रहेको थियो । देशको भूकम्पीय तीव्रता मापनमा अधिकतम ७ रेक्टर रहेको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ।
लेभल-७ को भूकम्पले मानिसहरूलाई उभिएर बस्न असम्भव बनाएको भनेर वर्णन गरिएको छ।यस्तो भूकम्प पछिल्लो पटक २०१८ मा होक्काइडोमा रेकर्ड गरिएको मौसम एजेन्सीले जनाएको छ।



