नक्कली शरणार्थी प्रक्ररणमा मुछिएका टोपबहादुर रायमाझी पक्राउ

-


     जनहित न्युज    
     वैशाख ३१ गते २०८०


नक्कली शरणार्थी प्रक्ररणमा मुछिएका टोपबहादुर रायमाझी पक्राउ परेका छन् । उनलाई काठमाडौंबाटै पक्राउ गरिएको एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

आइतबार उनलाई बुढानीलकण्ठबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका काठमाडौंका प्रमुख एसएसपी कार्कीले जानकारी दिए।

नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा काठमाडौं जिल्ला अदालतले उनी र उनका छोरा सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ। यसअघि पक्राउ परेका व्यक्तिहरूले बयान दिनेक्रममा टोपबहादुर र सन्दीपको नाम लिएका थिए। 

यही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परिसकेका छन्। प्रहरीले वैशाख २७ गते खाण र उनका सहयोगी नरेन्द्र केसीलाई खाणको निवासबाट पक्राउ गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?