बालबालिकामा हुने रहस्यमयी तीव्र हेपाटाइटिसबाट जापानमा पहिलो मृत्यु पुष्टि

-


     जनहित न्युज    
     चैत्र २१ गते २०७९


विश्वका धेरै देशहरूमा तिव्र रूपमा फैलिएको बालबालिकामा हुने रहस्यमयी तीव्र हेपाटाइटिसबाट जापानमा पहिलो मृत्यु पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार जापानमा मार्च १७ सम्म १६२ जनामा ​​यस रोगबाट संक्रमण पुष्टि भएको थियो र तीमध्ये तीन जनामा कलेजो प्रत्यारोपण गरिएको थियो।मन्त्रालयले जापानी संचार माध्यमलाई रोग लागेका एक जनाको मृत्यु भएको बताए पनि मृत्युको समय वा पीडितको उमेर भने खुलाएको छैन ।
थप मृत्युहरू जापानमा पनि भएको हुन सक्छ तर मन्त्रालयले “व्यक्तिगत जानकारी” को सुरक्षाको आवश्यकतालाई औंल्याउँदै त्यस्ता घटनाहरूको घोषणा नगर्ने बताएको छ।
जब चिकित्सा संस्थाहरूले १६ वर्ष वा कम उमेरका बालबालिकाहरूमा अज्ञात रूपमा उत्पत्ति भई तीव्र गतिमा हेपाटाइटिस फैलिएको पुष्टि गरे । मन्त्रालयले यस संक्रमण भएको जानकारी भएमा उनीहरूलाई सार्वजनिक स्वास्थ्य केन्द्रहरूमा सूचित गर्न आग्रह गरेको छ।
तीव्र हेपाटाइटिस एक रहस्य हो किनभने यसको फैलावटको कारण अझै थाहा छैन। पहिलो केस अप्रिल २०२२ मा बेलायतमा फेला परेको थियो।
विभिन्न देशहरूले आफ्नो विगतको मेडिकल डाटा परिक्षण गरेपछि ती मध्ये ३५ देशहरूले अक्टोबर २०२१ र जुलाई २०२२ को बीचमा रहस्यमय रोगबाट कम्तिमा १०१० घटनाहरू भएको विश्व स्वास्थ्य संगठनलाई रिपोर्ट गरेको थियो।रिपोर्टिङ गरिने राष्ट्रहरूमा संयुक्त राज्य अमेरिका, जापान र युरोपेली देशहरू समावेश थिए।
जुलाई २०२२ सम्म ४६ जना बिरामीमा कलेजो प्रत्यारोपण आवश्यक पर्ने गम्भीर लक्षणहरू देखा परेका थिए र २२ जनाको मृत्यु भएको थियो।
रहस्यमय तीव्र हेपाटाइटिसका सामान्य लक्षणहरूमा भोक नलाग्ने, थकान, बान्ता, पखाला र जन्डिस समावेश छन्। रोगको गम्भीर अवस्थामा बिरामी बेहोस हुन सक्छ । हेपाटाइटिस भाइरस र औषधिको प्रयोगले मात्र नभई शरीरको प्रतिरक्षा प्रणालीले कलेजोका कोशिकाहरूलाई नष्ट गर्ने अवस्थाबाट पनि हुन सक्छ।
अध्ययनहरूले तीव्र हेपाटाइटिसको सम्भावित कारणको रूपमा एडेनो-सम्बन्धित भाइरस २ (AAV2) लाई औंल्याइरहेका छन्।
संयुक्त राज्य अमेरिका र बेलायतका तीनवटा अनुसन्धान टोलीहरूले AAV2 धेरै तीव्र हेपाटाइटिस बिरामीहरूमा सक्रिय रहेको घोषणा गरेका।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?