जापानमा विदेशीको संख्या ३० लाख नाघ्यो

-


     जनहित न्युज    
     चैत्र ११ गते २०७९


जापानमा विदेशी नागरिकको संख्या गत वर्षको अन्त्यसम्ममा पहिलो पटक ३० लाख नाघेको छ ।
सन् २०२२ को अन्त्यमा जापानमा विदेशी बासिन्दाको संख्या अघिल्लो वर्षको तुलनामा ११.४ प्रतिशतले बढेर ३० लाख ७५ हजार २१३ को उच्च रेकर्ड पुगेको अध्यागमन सेवा एजेन्सीले शुक्रबार जनाएको छ। यो संख्या अघिल्लो वर्ष भन्दा ३ लाख १० ले बढि हो ।
कोभिड–१९ विरुद्धको सीमा उपायहरू सहज बनाएपछि विदेशी विद्यार्थी र प्राविधिक प्रशिक्षार्थीहरूको सङ्ख्या ह्वात्तै बढेको छ । विद्यार्थी भिसामा भएका विदेशी नागरिकको संख्या गत वर्ष ९० हजार रहेकोमा यो वर्ष बढेर ३ लाख पुगेको छ। विदेशी प्राविधिक इन्टर्नको संख्या करिब ५० हज़ारले बढेर ३ लाख २० हजार पुगेको छ।
समग्रमा राष्ट्रियताका आधारमा सबैभन्दा ठूलो संख्या भियतनामबाट ४ लाख ८९ हजार ३१२, दक्षिण कोरियाबाट ४ लाख ११ हजार ३१२ व्यक्तिहरू र चिनबाट ७ लाख ६१ हजार ५६३ रहेका छन ।
बसोबासको अवस्था हेर्दा विदेशी विद्यार्थीको संख्या ९२ हजार ८०८, प्राविधिक प्रशिक्षार्थी ४८ हजार ८१७ र इन्जिनियरिङ, मानविकी र अन्तर्राष्ट्रिय सेवाका विशेषज्ञ ३७ हजार २२१ ले बढेको छ ।
अध्यागमन नियन्त्रण र शरणार्थी मान्यता कानून अन्तर्गत शरणार्थी भिसा प्रदान गरिएका विदेशीहरूको संख्या १२८ ले बढेर २०२ पुगेको छ भने शरणार्थी भिसा प्रदान नगरिएका तर मानवीयताका आधारमा जापानमा बस्न अनुमति दिइएकोहरूको संख्या १,१८० ले बढेर १,७६० पुगेको छ। दुवै कुल सन् १९८२ मा जापानले शरणार्थी पहिचान प्रणाली स्थापना गरेदेखिकै उच्च रेकर्ड कायम गरेको छ ।

एजेन्सी अधिकारीहरूका अनुसार कोरोनाभाइरस नियन्त्रणका लागि जारी राखिएको सीमा नियन्त्रणको सहजता सन् २०२२ मा गराइेकोले मध्यदेखि दीर्घकालीन निवास खोज्ने प्रवेशकर्ताहरूमा बृद्धि भएका हुन ।
भिसा र अन्य कारणले देश छाड्न आदेश दिएका विदेशी नागरिकको संख्या १० हजार ३ सय नाघेको छ भने अघिल्लो वर्षको तुलनामा ७ हजार ७ सयले घटेको छ ।
करिब ४,८०० मानिसहरूलाई देश निकाला गरिएको थियो, जुन एक वर्ष अघिको तुलनामा ६७० भन्दा बढी हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?