रास्वपाका ३ मन्त्रीले बुझाए राजीनामा

-


     जनहित न्युज    
     माघ २२ गते २०७९


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डसामु राजीनामा बुझाएका छन् । 

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर रास्वपाको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्की राजीनामा बुझाएका हुन् । 

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले पार्टीबाट मन्त्री बनेकाहरुले आइतबार नै राजीनामा बुझाउने जानकारी दिएका थिए ।

नागरिकता विवादमा सर्वोच्च अदालतबाट आएको फैसला अनुसार सांसद पद गुमाएका आफ्ना सभापति रवि लामिछाने गृहमन्त्रालयमा फर्कन नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहरिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?