
“हाम्रो गाँउ हाम्रो ठाँउ, हातेमालो गरी समृद्ध बनाऔ”भन्ने मूल मान्यताका साथ स्थापित NPO法人 गलकोट समाज जापानको आयोजना, प्रभु बैंकसंगको सहकार्यमा गलकोट क्षेत्रमा स्वास्थ्य क्षेत्रका लागि सहयोगार्थ हुने ‘सॉंगीतिक धमाका-२०२३’ को तयारी अन्तिम चरणमा पुगेको छ ।
जापानका चार शहर अन्तरगत फुकुओकामा डिसेम्बर २७, तारिक ओसाकामा डिसेम्बर ३१, नागोयामा जनवरी १ र टोकियोमा जनवरी २ तारिक नेपालका चर्चित कलाकारहरूको साथमा गरिन लागेको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको गलकोट समाज जापानकी अध्यक्ष कालिका थापाले जानकारी दिइन ।

‘कार्यक्रमका लागि सोमबार नै कलाकार प्रकाश सपुत, रचना रिमाल, श्रीकृष्ण बम मल्ल र इश्वर सिंह फुकुओका शहरमा अवतरण भैसकेका छन’ अध्यक्ष थापाले भनिन ‘सॉंगीतिक धमाका-२०२३’ को पहिलो कार्यक्रम मंगलबार फुकुओकाको ओहोरी पार्कमा रहेको फुकुओका आर्टम्यूजिक हलमा भव्यताका साथ सुरुवात गर्ने छौ ।
अंग्रेजी नया वर्षको स्वागतसहित समाजले सामाजिक उत्तरदायित्वका कार्य गर्नका लागि समाजले विगतका वर्षदखि नै गर्दै आइराखेको साँगीतिक कार्यक्रमलाई यस वर्ष विगतका अनुभव र सिकाईलाई आत्मसात् गर्दै व्यवस्थित तयारीका साथ सम्पूर्ण तयारी पुरा गरेको कार्यक्रमका संयोजक तथा समाजका वरिष्ठ उपाध्यक्ष रत्नसिंह बस्नेतले जानकारी दिए ।

कार्यक्रमको लागि आवश्यक सम्पूर्ण तयारीहरू मध्य सबै शहरमा क्षेत्रीय समितिको व्यवस्थापनमा हल व्यवस्थापन, टिकट वितरण, सहयोगदातामार्फत सहयोग रकम संकलन, विभिन्न उप समितिमार्फत आवश्यक सम्पूर्ण कार्य व्यवस्थित रूपमा भैरहेको पनि कार्यक्रम संयोजक बस्नेतले जानकारी दिए ।
कार्यक्रमको तयारी अन्तरगत प्रमुख अतिथिको आमन्त्रण, अतिथिहरूलाई पत्राचार,कार्यक्रमको लागि आवश्यक सम्मान पत्र मायाको चिनो लगायतका आवश्यक सामग्रीको व्यवस्थापन भै सकेको जानकारी समाजका महासचिब लक्ष्मण कार्कीले जानकारी दिए ।

कार्यक्रमको लागि बहुचर्चित भर्सटायल गायक, सर्जक प्रकाश सपुत पछिल्लो समयकी हिट तथा चर्चित गायिका रचना रिमाल, सर्जक तथा गायक श्रीकृष्ण बम मल्ल र लोक तथा दोहोरी गायक इश्वर सिंहसहित जापानमा रहेका कलाकारहरूको प्रस्तुति रहने भएकोले यस वर्षको कार्यक्रम विशेष बनाउने गरि सम्पूर्ण तयारी गरिएको गैरिएको समाजका सास्कृतिक विभागका संयोजक गौरीशंकर गैरे गैरे रामले जानकारी दिए ।
संयोजक गैरेले भने ” सानो उमेरमै चर्चा र सफलताको शिखरमा पुगेकी चर्चित गायिका रचनाको क्रेज धेरै रहेछ, त्यसैले पनि कार्यक्रमले निकै चर्चा पाएको छ ।” गैरेले अगाडि थप्छन्, “प्रकाश सपुत, श्रीकृष्ण बम मल्ल , इश्वर सिंह जस्ता भर्सटाईल गायक गायिका एवं सर्जकहरूको आगमनले सबैलाई उत्साहित बनाएको थियो । साथै साथाई जापानमा क्रियाशील कलाकारलाई समेत समेट्ने प्रयास गरेका छौं।”
जापान बासी नेपालीहरूको लागि नववर्ष विशेष बनाउने र सामुहिक रूपमा नया वर्षको उत्सव मनाउने प्रोत्साहित गराउने गड़ाऊँ हेतुले आयोजित कार्यक्रम फुकुओकामा बेलुका ४ बजे देखि रातको८ बजे सम्म, ओसाकामा बेलुका ५ बजे देखि रातको १० बजे सम्म, नागोयामा दिउसो ३ बजे देखि रातको ८ बजे सम्म र टोकियोमा दिउसो ३ बजे देखि रातको ८ बजे सम्म चल्नेछन।यो कार्यक्रम विशुद्ध साँगीतिक बनाउने प्रयास गरिने समेत बताईएको छ ।
मुख्य प्रायोजक अर्थात् इभेण्ट पार्टनरको रुपमा नेपालको प्रमुख बैक अन्तरगतको प्रभु बैंक रहेको छ भने जापानमा क्रियाशील संघ संस्था, व्यवसायी एवम् व्यक्तिहरूले सहयोगका विभिन्न तहमा रहेर उत्साहपूर्वक आर्थिक सहयोग गरिरहेको आर्थिक संयोजक अर्थात् समाजका कोषाध्यक्ष दिलबहादुर थापा रामुले जानकारी दिए ।
आर्थिक संयोजक थापाले भने “हामीले न्यूनतम दरमा जापानी येन ३ हज़ारको टिकट व्यवस्था गरेका छौं, यसबाट आएको बचतलाई गलकोट क्षेत्रमा स्वास्थ्य क्षेत्रका लागि खर्च गर्नेछौं ।”
कार्यक्रममा मिडिया पार्टनर जनहित न्यूज डटकम, ट्रभावल पार्टनर इसुमेघ टुर एण्ड ट्रभावल, ब्रोकास्टिंग पार्टनरमा स्पेस ४ के टेलिभिजन, नेपाल रेमिट र जेआरफ रेमिट रिमिट पार्टनर, मयुर कार्पोरेसन प्रालि कर्पोरेसन पार्टनरको रूपमा रहेका छन भने गलकोट स्पोर्ट्स क्लब टोकियो जापान, घुम्टे युवा परिवार जापान ताराखोला समाज जापान, गैरे सेवा समाज जापान र गोलकोत सस्कृति संरक्षण तथा समाज विकास मञ्च जापान सह आयोजकको रूपमा रहेका छन ।
कार्यक्रमको तयारी भव्यरूपमा भएको र सफलता समेत भव्यरूपमा हुने विश्वास लिएको बताउँदै समाजका प्रवक्ता दिलिप कंडेलले जापानका अग्रजहरू, बुद्धिजिवी, व्यवसायी, समाजसेवी, सामाजिक अभियन्ता, सञ्चारकर्मी लगायत सम्पूर्ण नेपाली एवं नेपालीभाषी दाजुभाइ तथा दिदी बहिनीहरूलाई उक्त कार्यक्रममा उपस्थिति जनाएर सफल पारी दिन आग्रह समेत गरेका छन् ।
कंडेलले भने “कार्यक्रमलाई व्यवस्थित र सबैको साझा बनाउने उदेश्यले टिकटको व्यवस्था गरेका हौं, यो कुनै कमर्सियल कार्यक्रम होईन र बचत रकम सामाजिक काममै लगानी गर्नेछ ।”



