जापानमा १२ औँ नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले उदघाटन गर्ने

-


     जनहित न्युज    
     श्रावण १३ गते २०७९


जापानमा नेपाली संस्कृति खानाबारेमा चिनाउने उदेश्यले टोकियोमा आयोजित नेपाल फेस्टिवलको उदघाटनका प्रमुख अतिथि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना गर्ने भएका छन ।
जुलाई ३० र ३१ तारिख टोकियोको नाकानोस्थित सिकीनो मोरी पार्कमा आयोजना हुने १२ औँ नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको र सो कार्यक्रमको उदघाटनका राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना ले गर्ने निश्चित भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानले जानकारी दिएको छ ।

फ़ेस्टिवलका प्रमुख अतिथि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना

नेपाल र जापानका बिचमा स्थापित दैत्य सम्बन्धलाई प्रगाढ पार्दै नेपालको मौलिक पहिचानलाई जापानी समुदायका बिचमा परिचित गराइ नेपालमा जापानी पर्यटकहरूको बढ़ावा दिने, नेपाली खाना नेपाली पहिरन नेपाली प्रस्तुतीसँगै नेपालको संस्कृतिबारेमा जानकारी दिने स्टलहरू राखिने भएको छ ।
शनिबारदेखि सुरु हुने फेस्टिवलको स्थलमा स्टेज तयारी, फोहोर व्यवस्थापनको तयारीसँगै स्टल र अतिथि सत्कारको तयारीसमेत सकिएको एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठले जानाकारी दिएका छन् ।

त्यस्तै अतिथिमा जापानको परराष्ट्र मन्त्रालयका एसिया विदेश विभाग प्रमुख- कानो ताकिहिरो नाकानो, सिटीका मेयर साकाई नाओतोलगायतका अतिथिहरू रहने समेत बताइएको छ ।


जापान र नेपालको लामो समयको सुमधुर सम्बन्ध रहेको जापानमा नेपालीहरूको संख्या बढेसँगै धेरै जापानीहरू नेपाल घुम्‍न जाउन भनेर आयोजना गरिएको फेस्टिवलमा चिनेजानेको जापानीहरूलाई लिएर आउनसमेत एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले अनुरोध गरेका छन् । यो पटक  फेस्टिवलमा नेपाली घरलाई विशेष आकर्षकका रुपमा बनाइएको छ ।

http://festival.nrnanccjapan.com/?fs=e&s=cl

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?