आबे हत्यामा ‘ युनिफिकेसन चर्च’ मुछियो, हत्यामा संलग्न यामागामीकी आमाले दिएकी थिइन करिब १० करोड येन चर्चलाई

-


     जनहित न्युज    
     असार ३१ गते २०७९


जुलाई ८ मा पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई गोली हानेर हत्या गर्ने व्यक्तिकी आमाले धार्मिक संस्था युनिफिकेसन चर्चलाई करिब १० करोड येन (७२०,००० डलर) दान गरेको पुष्टि उनका काकाले गरेका छन।
आबेका हत्यारा जापानका ४१ वर्षे बेरोजगार व्यक्ति तेत्सुया यामागामीले प्रहरी अनुसन्धानमा पूर्व प्रधानमन्त्री आबे सो चर्चसँग जोडिएको र आफ़नी आमाले चर्चलाई प्रदान गरेको चन्दाका कारण परिवार आर्थिक संकटमा फ़सेकोले सोही रिसका कारण हत्या गरेको बताएको प्रहरीले जनाएको छ ।
बुबाको मृत्युपछि करिब ६० मिलियन येनसहित परिवारको जग्गा र घर बिक्रीबाट प्राप्त आम्दानी करिब १० करोड येन (७२०,००० डलर) सन २००२ देखि पूर्ण रूपमा चर्चप्रति समर्पित भएकी यामागामीकी आमाले विश्व शान्तिको लागि भनेर सोहि चर्चलाई दान गरेको सन्दिग्धका ७७ वर्षीय काकाले ओसाका प्रिफेक्चरमा पत्रकारलाई बताएका थिए ।”मलाई विश्वास छ उनी चर्चको निकै ठूलो अनुयायी थिइन्।” उनले भने।

काकाका अनुसार यामागामीकी आमा सन् १९८४ मा आफ्नो बुबाले आत्महत्या गरेपछि यामागामीकी आमाले युनिफिकेसन चर्चमा सन् १९९१ मा आवद्धता जनाएको युनिफिकेसन चर्च जापानका प्रमुख तोमिहिरो तानाकाले बताए ।चर्चले उनलाई ५० मिलियन येन फिर्ता गरेको दाबी गरेको छ तर उनले संगठनलाई दिएको चन्दाको कुनै रेकर्ड भने देखाएको छैन ।
उनले यामागामीको आमालाई आर्थिक शोषण नगरिएको दाबी गरेका छन् । उनको चर्चलाई आबेले समर्थन भने गरेको तानाकाले उल्लेख गरेका छन् । काकाले चर्चको दिएको प्रतिक्रियाको आलोचना गर्दै जिम्मेवारीबाट बच्ने प्रयास मात्र गरेको आरोप लगाए।
“चर्चका कारण यामागामीको परिवार गरिबीमा फस्यो” काकाले भने, पैसाको अभावमा संदिग्धले कलेज जान समेत छोड्नुपरेको थियो। काकाले यामागामीको बारेमा भने, “उनी आफ्नो बुबा जस्तै असाध्यै स्मार्टर मेहनती पनि भएको मसँग उसका राम्रा सम्झनाहरू मात्र छन्।”

आर्थिक रुपमा कंगाल भएसंगै समुद्री आत्मरक्षा बलको सदस्य रहेको समयमा जीवन बीमा भुक्तानीबाट फाइदा लिइ आफ्नो भाइ र बहिनीलाई आर्थिक रुपमा उकास्नका लागि यामागामीले २००५ मा आत्महत्याको प्रयास गरे उनी चाहन्छन्।
काकाले यामागामीकी आमा अत्याधिक थकानका कारण घरमै बसेर आराम गरिरहेको बताउँदै उनी अझै पनि चर्चको सम्पर्कमा छिन् कि छैनन् भन्नेमा आफू निश्चित नभएको र अनुसन्धानमा सहयोग गरिरहेको बताए ।
सन् १९५४ मा दक्षिण कोरियामा सन म्युङ मुनले स्थापना गरेको युनिफिकेसन चर्चमा जापानमा मात्रै ६ लाख बढी अनुयायीहरु रहेको बेलायती समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । जापानमा चर्चको हाँगा सन १९५९ मा खुलेको हो । सामूहिक विवाहका लागि चिनिने द युनिफिकेशन चर्चको जापानमा विवादास्पद छवि रहेको छ ।
चर्चले मानिसहरूलाई महँगो भाँडा र छापहरू किन्न बाध्य पारेको दाबी गर्दै विगतमा धेरै गुनासोहरू रिपोर्ट गरिएका थिए। यसले विश्वासीहरूलाई आफ्नो आयको १० प्रतिशत दान गर्न प्रोत्साहित गर्ने गरेको जापान शाखाको वेबसाइटले जनाएको छ।
” पूर्वप्रधानमन्त्री नोबुसुके किशीले सो चर्च दक्षिण कोरियाबाट जापान ल्याउनमा सहयोग गरेका थिए त्यसैले मैले (उनको नाति) आबेको हत्या गरे,” यामागामीले अनुसन्धान अधिकृत सामु भनेको बताईएको छ ।
जापानको सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्री आबेलाई जुलाई ८ मा पश्चिमी सहर नाराको सडकमा भाषण दिने क्रममा गोली हानेर हत्या गर्ने यामागामीले घरमै बनाएको बन्दुकसहित पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?