बागलुङमा डेंगुको बिरामी फेला परे

-


     जनहित न्युज    
     असार २८ गते २०७९


बागलुङमा डेंगुका बिरामी फेला परेका छन् । बिरमाी फेला परे सँगै जिल्लामा डेंगुको जोखिम बढ्न थालेको छ । गर्मी बढेसँगै लामखुट्टेको टोकाईबाट सर्ने यो रोगको सङ्क्रमण बागलुङ नगरपालिका वडा नं ७ र ९ का दुई जनामा भेटिएको हो ।
गत शनिबार र आइतबार धौलागिरी अस्पतालमा उपचार गर्न आएका एक महिला र एक पुरुषमा लक्षण देखिएपछि परीक्षण गर्दा डेंगु पुष्टि अएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. शैलेन्द्र बि पोखरेलले जानकारी दिनुभयो ।
बिरामीको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ । उच्च तापक्रम रहेको ठाउँमा पाइने एडीच प्रजातिको लामखुट्टेले टोकेपछि डेंगु हुने हुँदा सरसफाईमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?