
जापानको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री भएका शिन्जो आबेमाथि शुक्रबार संसदीय चुनावको प्रचारका क्रममा गोली प्रहारपछि ‘कार्डियोपल्मोनरी अरेस्ट’ अवस्थामा रहेका छन ।
आज बिहान करिब ११ः३० बजे नारा शहरको यामातो–सैदाइजी स्टेसननजिकै भाषण दिइरहेका पूर्वप्रधानमन्त्री आबेलाई पछाडिबाट एक व्यक्तिले गोली हानेर उपचारका लागि उनको हेलिकोप्टरबाट काशिहरा सिटीस्थित मेडिकल युनिभर्सिटी अस्पतालमा उपचार भैरहेको छ । फायर डिपार्टमेन्टका अनुसार पूर्व प्रधानमन्त्री आबेको घाँटीको दाहिने छेउको घाउबाट र बायाँ छातीमा सबकुटेनियस भै रगत बगेको छ र उनी अहिले कार्डियोपल्मोनरी अरेस्टको अवस्थामा रहेका छन ।

विभिन्न रिपोर्टका अनुसार जापानमा आधिकारिक रूपमा मृत्युको पुष्टि हुनुअघि प्रारम्भिक रिपोर्टहरूमा कार्डियोपल्मोनरी अरेस्ट भन्ने शब्द प्रयोग गरिन्छ । बन्दुकमाथि प्रतिबन्ध लगाइएको जापानमा बन्दुक हिंसाका घटनाहरू विरलै हुन्छन् ।

हत्याको प्रयास गर्दै गोली प्रहार गर्ने नारा सिटी बस्ने ४१ वर्षीय तेत्सुया यामागामीलाई प्रहरीले घटनास्थलबाट पक्राउ गरेको छ । पक्राउ परेका यामागामीले पूर्व प्रधानमन्त्री आबेसँग असन्तुष्ट रहेको र व्यक्तिगत रिसका कारण उनको हत्या गर्ने उद्देश्यले गोली प्रहार गरेको प्रारम्भिक बयानमा बताएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा बयान दिँदै प्रहरीका अनुसार ‘म पूर्वप्रधानमन्त्री आबेसँग असन्तुष्ट थिएँ र उनको हत्या गर्ने उद्देश्य राखेको थिएँ’, उनले भने, ‘यो राजनीतिक आस्थाविरुद्धको दुस्साहस होइन ।

बन्दुकधारीले आक्रमणको क्रममा बरामद गरिएको बन्दुक घरमा बनेको जस्तो देखिन्छ र रक्षा मन्त्रालयका अधिकारीहरुका अनुसार संदिग्धले सन् २००५ देखि तीन वर्षसम्म सामुद्रिक सेल्फ डिफेन्स फोर्समा काम गरेको थिए ।
सम्बोधन सुन्न आएका मानिसहरूका अनुसार पूर्वप्रधानमन्त्री आबेको भाषण सुरु भएको करिब एक वा दुई मिनेटभित्र नै दुईवटा गोली चलेको सुनिएको थियो । त्यसपछि पूर्वप्रधानमन्त्री आबे बेहोस भए ।



