बेलायतमा छुरा प्रहार गरि सांसदको हत्या

-


     जनहित न्युज    
     असाेज ३० गते २०७८


लण्डन । बेलायतमा एक जना सांसदको छुरा प्रहार गरेर हत्या गरिएको छ । सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसदमाथि आफ्नै कार्यालयमा छुरा प्रहार गरी हत्या गरिएको भएको हो ।

साउद इन्ड वेष्ट निर्वाचन क्षेत्रका सांसद सर डेभिड अमिसमाथि उनकै निर्वाचन क्षेत्रको बेलफेयर मेथोडिष्ट चर्च, लि अन द सीमा रहेको कार्यालयमा शुक्रबार छुरा प्रहार भएको थियो । दिउँसो करिब १२ बजेर ५ मिनेट जाँदा एक पुरुषले उनीमाथि अन्धाधुन्ध छुरा हानेको बताइएको छ ।

घटनामा संलग्न २५ वर्षीय युवकलाई एसेक्स प्रहरीले पक्राउ गरेको र घटनास्थलबाट छुरा बरामद गरिएको बीबीसीले बताएको छ ।

पार्टीका पूर्व नेता सर इयान डंकन स्मिथ, लेबोर नेता सर कियर स्ट्यामर र पूर्व प्रधानमन्त्री डेभिड क्यामरोन ले सांसद अमिसको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

६९ वर्षीय सांसदलाई घटनास्थलमै उपचार गरिएको र एयर एम्बुलेन्स पनि उनलाई लिन पुगेको स्थानीयबासीलाई उद्धृत गर्दै स्काइ न्यूले बताएको थियो । उनको घटनास्थलमै निधन भएको बीबीसीले जनाएको छ ।

सर अमिस सन् १९८३ देखि सांसद थिए । उनी वर्तमान निर्वाचन क्षेत्रबाट सन् १९९७ देखि निरन्तर निर्वाचित हुँदै आएका थिए ।साउदइन्ड वेस्टबाट प्रतिनिधित्व गर्ने ६९ वर्षीय डेभिडको शुक्रबार एउटा चर्चमा चक्कु प्रहर गरी हत्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?