संविधानसभा अध्यक्ष नेम्वाङको हृदयघातबाट निधन

-


     जनहित न्युज    
     भाद्र २६ गते २०८०


नेकपा एमाले उपाध्यक्ष तथा संविधानसभा पूर्व अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । उनको हृदयघातका कारण त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको एमाले नेता खिमलाल भट्टराईले जानकारी दिए । 

बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिए को थियो । साढे १ बजे हृदयघातपछि अस्पताल पुर्‍य ाइएका नेम्वाङको बाटोमा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको चिकित्सकले बताएको नेम्व ाङका स्वकीय सचिव कृष्ण काफ्लेले बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सल्लाहपछि उनको पार्थिव शरीर घर लैजाने तयारी छ । नेम्वाङक ा श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा पुगेका छन् । 
नेम्वाङको गएराति हृदयघात भएसँगै त्रिवि शिक्षण अस्पतालमा चिकित्सकले बिहान करिब २ बजे मृत घोषणा गरेका थिए । 
उनको निधन भएसँगै प्रचण्ड, ओलीलगायतका नेताहरु अस्पताल पुगेका हुन् ।
 २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा इलामबाट विजयी नेम्वाङ नेकपा एमाले संसदीय दलका उपनेता थिए ।

यसैगरी २०७९ फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा एमालेको तर्फबाट प्रत्यासी थिए । 

२०६३ सालमा सम्पन्न जनआन्दोलनबाट पुनस्थापित प्रतिनिधि सभाको सभामुख बनेका नेम्वाङ त्यसपछि २०६४ र २०७० सालको संविधान सभाका अध्यक्ष थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?