भलिबल खेलाडीलाई जापानमा स्वागत गर्यो गलकोट स्पोर्टस् क्लब टोकियो जापानले

-


     जनहित न्युज    
     चैत्र २९ गते २०८०


नेपालको राष्ट्रिय खेल भलिबलका कुशल खेलाडी रवि केसीसहितका खेलाडीहरुलाई गलकोट स्पोर्टस् क्लब टोकियो जापानले जापानको नारिता अन्तराष्ट्रिय विमास्थलमा स्वागत गरेको छ।
वैदेशिक रोजगारीको शिलशिलामा बुधबार जापान आइपुगेका भलिबल खेलाडी रवि सहित घनश्याम चौधरी र प्रेम पुनलाई पुष्पगुच्छासहित क्लबका अध्यक्ष दुर्गा खत्री, कोषाध्यक्ष सुरज केसी, सल्लाहकार अम्मर भण्डारी, हर्क थापा, रक्षा थापा लगायत शुभचिन्तकको बाक्लो उपस्थिति रहेको सचिव केसीले बताए।लगायत शुभेच्छुकको टिमले स्वागत गरेको अध्यक्ष खत्रीले जानकारी दिए।

नेपालको भलिबल प्रतियोगितामा पछिल्लो समयमा उकृष्ट खेल प्रदर्शन गरेर चर्चामा रहेका भलिबल खेलाडी रविले जापानको बसाईमा समेत आफ्नो खेलमार्फत राष्ट्रिय खेल भलिबलको योगदान पुर्याउन आग्रह गर्दै अध्यक्ष खत्रीले यसका निम्ति आफूहरु सहकार्य गर्न इच्छुक रहेको बताए।
विमान स्थलमा स्वागत गर्दै अध्यक्ष खत्रीले भने-यहाँले जापानको वैदेशिक यात्रा तय गर्दै गर्दा विगत १ दशक देखि विदेशमा रहेका नेपाली खेलाडीहरु र खेलको प्रर्वद्धनका लागी स्थापित यस गल्कोट स्पोर्टस क्लब टोकियोले यहाँलाई हार्दिक स्वागत गर्दछौ ।

जापानमा भलिबल प्रतियोगितामा लगायतका खेलकुदमा आफ्नो छुट्टै पहिचान कायम गरेको क्लवले नेपालमा रविसंग सुरुवाती चरणदेखि सहकार्य गर्दै आइरहेको बताउँदै अध्यक्ष खत्रीले खेलाडी रविलाई जापानमा स्वागत गर्दै भने – “आगामी दिनमा पनि सुमधुर सहकार्यका लागि हार्दिक अनुरोध गर्दछौं। “

रबि केसी सगै जापान आएका चर्चित खेलाडी चौधरी र पुनलाई एकमुष्ठ स्वागतका लागि घुम्टे युवा परिवार जापानका सचिव प्रकाश केसी कोषाध्यक्ष प्रकाश थापा, हर्क थापा, रक्षा थापा लगायत शुभचिन्तकको बाक्लो उपस्थिति रहेको थियो।

यसैबीच गलकोट स्पोर्टस् क्लब टोकियोको भलिबल खेलाडी रवि जापान आउने खबर सार्वजनिक भएसँगै विगतदेखि क्लबसंगको सहकार्यलाई निरन्तरता दिन आग्रह गर्दै औपचारिक अनुबन्धताका लागि पत्राचार गरेको अध्यक्ष खत्रीले जानकारी दिँदै भने “खेलकुदका लागि क्रियाशील एकमात्र सस्था गल्कोट स्पोर्टस क्लव टोकियोको टिममा रही आफ्नो करियर संगै खेलकुदलाई निरन्तरताको लागि हार्दिक शुभेच्छा राख्दै यहाँलाई क्लवमा अनुबन्धताको लागी औपचारिक अनुरोध गर्दछु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?