घुम्टे युवा परिवार जापानद्वारा कुशल भलिवल खेलाडी रवि केसीलाई जापानमा स्वागत

-


     जनहित न्युज    
     चैत्र २८ गते २०८०


नारिता विमानस्थलमा पुगेर संस्थाको निमन्त्रणमा आएका नेपालका ख्याती प्राप्त भलिबल खेलाडी तथा गण्डकी प्रदेशका मुख्य खेलाडी रबि केसीलाई घुम्टे युवा परिवार जापानका सचिव प्रकाश केसी र कोषाध्यक्ष प्रकाश थापाले स्वागत गरेका छन।

निजी कामको शिलशिलामा बुधबार जापान आएका रविलाई घुम्टे युवा परिवार जापान पदाधिकारीसहित गलकोटका जापानम क्रियाशिल विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले पुष्गुच्छासहित खादाद्वारा नारिता अन्तराष्ट्रिय विमानस्थलमा न्यानो स्वागत गरिएको थियो।

सामाजिक सत्भाव, आपसी एकता, खेलकुदको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित हाम्रो गौरवशाली संस्था घुम्टे युवा परिवार जापानको निकै लामो प्रयास पछि अन्तत संस्थाले रबि केसीलाई जापानमा स्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्दै विमानस्थल पुगेको संस्थाका सचिव प्रकाश केसीले विगतका सम्झना गर्दै भने हामीले हाम्रो दोस्रो सिल्भर रनिङ कप २०२३ मा प्रयास गर्दागर्दै दुर्भाग्यबस सफल हुन सकेका थिएनौ।

रबि केसीले जापान प्रवेश गर्नु पुर्व घुम्टे युवा परिवार मल्मद्वारा आयोजना गरिएको ३९ औ होली पुर्णिमा मेलामा आयोजक टिमको प्रतिनिधित्व गर्दै विजेता बनाउन सफल भएकोमा घुम्टे युवा परिवार जापानको तर्फबाट संस्थाका कोषाध्यक्ष प्रकाश थापाले विमानस्थल पुगेर स्वागत तथा धन्यवाद प्रकट गरेको बताए।

स्थानीय स्तरमा समाजको परिवर्तन/ विकास तथा खेलकूदको प्रवर्द्धन गर्न मुख्य भूमिका निर्वाह गर्दै आएको र विशेषत घुम्टे युवा परिवार जापानले प्रथम र द्वितीय खुल्ला सिल्भर रनिङ कप पुरुष भलिबल प्रतियोगिता निकै नै भव्य रुपमा सफल बनाएको र अब तेस्रो सिल्भर रनिङ कप अझै व्यवस्थित रुपमा सफल बनाउनका लागि हामी सबैका गौरव एक पहिचान समेत बनेका रबि केसी जस्ता अनुभवि खेलाडीलाई संस्था भित्र राखेर काम गर्न पाएकोमा अध्यक्ष नारायण थापाले खुसी व्यक्त गरे। जन्मभूमि र कर्मभूमिमा रहेका हामी मल्मबासीले अन्यहरूका लागि नमूना रूपमा प्रस्तुत हुनुपर्ने समेत थापाले बताए।

२०२१ मा छैठौ NVA CUP बाट राष्ट्रिय खेलमा प्रवेश गरेका खेलाडी रबि बाग्लुङ जिल्लाको गलकोट नगरपालिका–७ मल्ममा २०५७ सालमा जन्मिएका हुन । बाल्यकालदेखि नै घुम्टे युवा परिवार मल्मको प्रांगणबाट भलिबल खेल जीवनको सुरुवात गरेका थिए। रविले नेपालका लागि बंगलादेशमा सम्पन्न भएको काभा-यू २३ समेत खेली सकेका छन्। विदेशमा नेपाली संघ संस्थाद्वारा आयोजना गरेका खु्ला मैत्रीपुर्ण पुरुष भलिबल प्रतियोगितामा समेत पुगेर आफ्नो खेललाई कुशलता पुर्वक प्रदर्शन गरि सकेका केसीले हरेक वर्षमा आफुले राष्ट्रिय र स्थानीय गरि झण्डै ४० वटा गेम खेलेको र अब केहि समय जापानका प्रतियोगिता साथै विदेशमा हुने अन्य प्रतियोगितामा पनि दर्शकहरुले देख्न पाउने रबि बताउछन्।

रबि केसी सगै जापान आएका चर्चित खेलाडी घनश्याम चौधरीलाई एकमुष्ठ स्वागत गरिएको थियो खेलाडी स्वागत गर्नका लागि गलकोट सपोर्ट क्लव टोकियोका अध्यक्ष दुर्गा खत्री, कोषाध्यक्ष सुरज केसी, सल्लाहकार अम्मर भण्डारी, हर्क थापा, रक्षा थापा लगायत शुभचिन्तकको बाक्लो उपस्थिति रहेको सचिव केसीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?