बानेश्वरमा आज पनि गोली लागेर एक जनाको मृत्यु

-


     जनहित न्युज    
     भाद्र २४ गते २०८२


जेन-जी आन्दोलनको दोस्रो दिन मंगलबार पनि काठमाडौँमा फेरि प्रहरीको गोली लागेर थप एक जनाको मृत्यु भएको छ। 

निजामती कर्मचारी (सिभिल) अस्पतालमा ल्याइएका घाइतेमध्ये उपचारका क्रममा १ जनाको मृत्यु भएको हो।

अस्पताल प्रशासनका अनुसार आज अस्पताल ल्याइएका ५१ जनामध्ये एक जनाको मृत्यु भएको हो। यसअघि सोमबार बानेश्वरमा प्रहरीको गोली लागेर १७ जनाको मृत्यु भएको थियो। आजसमेत काठमाडौँमा मात्रै प्रहरीको गोलीबाट मारिनेको संख्या १८ पुगेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?