नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने

-


     जनहित न्युज    
     चैत्र २५ गते २०८०


आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको छ ।

यही अप्रील १३ तारीख टोकियोको शिनओकोबो स्थित सोलमारी मुराहलमा आयोजना गरीएको कार्यक्रममा नयां वर्षको शुभकामना आदानप्रदान संगै सांस्कृतीक सांझ गर्ने भएको हो ।

जापानमा रहेका अर्घाखाँचीबासी लगायत नेपालीहरुलाई मनोरज्जनका साथै नेपाली संस्कृतीको निरन्तरताको लागी कार्यक्रम आयोजना गरेको समाजका अध्यक्ष कृष्ण केसीले जानकारी दिनुभयो । उहांले मनोरज्जन संगै समाजका पूर्व अध्यक्ष, संस्थापक सदस्य एवम् समाजलाई सहयोग पुर्याउने जापानमा रहेका बिभिन्न संघसंस्थाका क्रियाशील व्यक्तिहरुलाई सम्मान समेत गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली लोक संगित क्षेत्रका ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । जापानलाई कर्मथलो बनाउदै आउनुभएका कलाकार चेतन घर्ती मगर, सोना केसी, समुन्द्रराज पौडेल लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने समाजका उपाध्यक्ष तथा सांगीतिक सांझ कार्यक्रमका संयोजक गोबिन्द बिष्टले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागिताका लागी जापान स्थित बिभिन्न संघसस्थाहरुलाई पत्रचार गरीसकेको समाजका महासचिव अर्जुन आचार्यले जानकारी दिनुभयो । साथै सास्कृतीक सांझ खुल्ला भएकोले जापानबासी आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूलाई सहभागीताका लागी आह्वान समेत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?