
जापान-कोरोना भाइरसको संक्रमण निरन्तर बढिरहेकोले जापान सरकारले टोकियोका साथै नौ वटा शहरमा जारी रहेको आपत्कालिन स्थितिलाई थप गर्ने योजना बनाएको छ ।
तीब्र रुपमा फैलिरहेको कोरोना नियन्त्रणको एकमात्र विकल्प अापतकाल घोषणा नै रहेकोले यस सम्बन्धी निर्णय बिहिबारसम्म आउने बताएको छ । यो आपत्काल उच्च जोखिमयुक्त क्षेत्रहरुमा केन्द्रित गरिने समाचारका बताइएको छ । उच्च जोखिमका क्षेत्र भनेर खाराओके, रेष्टुरेण्ट, रात्रीकालिन मनोरञ्जनका क्षेत्रहरु, भिडभाड बडि हुने क्षेत्र लगायतलाई भनिएको छ ।

रेष्टुरेण्टहरुमा मद्यपानका लागि ७ बजेलाई नै कायम गरिने रअन्य सेवाहरु ८ बजेबाट बन्द गर्न आग्रहमा टोकियोका अधिकारीहरुले सरकारलाई थप सोच्नका लागि आग्रह गरेका छन् ।
ओलम्पिक खेल सुरु हुन मात्र दुई हप्ताको समय बाकी रहेको अवस्थामा कोरोनाको संक्रमण निरन्तर वृद्धि भैरहेकोले नियन्त्रणका उपायहरुलाई कायम राखी राख्नका लागि आपतकालिन स्थितिको समयाबधि थप गर्न लागिएको एनएचकेको समाचारमा उल्लेख गरिएको छ । टोकियो लगायत अन्य नौ शहरमा लगाइएको हलुका खालको आपतकालिन अवस्था आउने आइतबारदेखि सकिदैछ । ओकिनावामा भने पूर्ण आपतकालिन अवस्थालाई कायमै राखिएको थियो ।
प्रधानमन्त्री सुगा योशिहिदे र सम्बन्धित क्याविनेट मन्त्रीहरुले आपत्कालिन अवस्थालाई थप लम्बाउन सकिने धारणा राखेको बताइएको छ ।

स्वाथ्यमन्त्री तामुरा नोहिरी साले टोकियो क्षेत्रमा संक्रमणको संख्यामा निरन्तर वृद्धिले देशव्यापी समस्या निम्त्याउन सक्ने अवस्थालाई मध्यनजर गर्दै कोरोना नियन्त्रणका निम्ति अपनाइएको आपतकाललाई लम्बाउनुको विकल्प छैन । मुख्य इभेण्टहरुमा कोरोना नियन्त्रणका सुरक्षा मापदण्डलाई कडाईका साथ लागु गर्न भनिएको छ ।
ओलम्पिक आयोजकका अधिकारीहरुले खेलर्होका लागि १० हजार दर्शकको समय सिमा तोकिएकोमा त्यसलाई पुर्नविचार गर्न सरकारसँग आग्रह गरेका छन् । खेलका अधिकारीहरुले टोकियो वरपरका क्षेत्रमा रात्रीकालिन इभेण्ट गर्न सहज बनाइदिन समेत आनुरोध गरिएको छ ।
ओशाका प्रिफेक्चरका अधिकारीहरुले केन्द्रीय सरकारलाई सघनरुपमा एण्टीवाइरस नियन्त्रणका कार्य आइतबारदेखि लागु गर्न आग्रह गरिएको छ ।