जापानले सीमा नियन्त्रणलाई सहज बनायो, ४ लाख ७ हजार भन्दा बढि प्रवेश प्रतिक्षामा

-


     जनहित न्युज    
     फागुन १७ गते २०७८


Å@ÉxÉgÉiÉÄÅEÉnÉmÉCÇ©ÇÁê¨ìcãÛç`Ç…ìûíÖǵÇΩêlÇΩÇøÅÅÇPì˙åflëO

जापानले मंगलबारबाट कोभिड-१९ को संक्रमणलाई रोकथाम र नियन्त्रणको लागि कडाइ गर्दै आएको सीमा नियन्त्रणलाई सहज बनाउदै दैनिक ५ हजार नयाँ प्रवेश गर्ने अनुमति दिनुका साथै जापानी र विदेशी दुबै नागरिकहरूको लागि क्वारेन्टाइन अवधि घटाउने र छुट दिन सुरु गरेको छ।
तीन महिना पछि पहिलो पटक खुकुलो सिमा पारिएको नियन्त्रणलाई दैनिक ५००० विदेशी नागरिकले पर्यटन बाहेक अन्य प्रयोजनका लागि जापान प्रवेश गर्न सक्नेछन् ।
जापानको अध्यागमन सेवा एजेन्सीका अनुसार जनवरी ४ सम्म ४ लाख ७ हजार भन्दा बढी व्यक्तिहरू जापान प्रवेशको भिसाका लागि योग्य भएर पनि सिमा नियन्त्रणमा गरिएको कडाइसंगै प्रवेश गर्न असमर्थ भएका थिए । यी मध्य मध्ये १,५२,९०० विद्यार्थी रहेका छन ।

कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको रोकथामका लागि नोभेम्बरको अन्त्यदेखि फेब्रुअरीको अन्त्यसम्म लागू भएको जापान प्रवेश धेरै कडा भएको र वैज्ञानिक तर्कमा आधारित नभएकोमा आलोचना भएसंगै गैरआवासीय विदेशीहरूका लागि जापानको प्रवेश प्रतिबन्ध सहज बनाईएको हो ।
जापान आइपुगेपछि यात्रुहरूलाई अब तीन दिन क्वारेन्टाइनमा बस्न भनिनेछ र त्यो अवधिको अन्तिम दिन भाइरसको परिक्षण नेगेटिभ हुन आवश्यक रहनेछ । तीन पटक खोप लगाइएको छ र संक्रमण स्थिर भएका देशहरूबाट आएकाहरूले भने क्वारेन्टाइनमा बस्नु नपर्ने भएको छ।
मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले विदेशी विद्यार्थी र प्राविधिक इन्टर्नहरू लगायत जापानमा प्रवेशको लागि लामो समयदेखि पर्खिरहेका विदेशी नागरिकहरूलाई देशले थप प्रवेश गराउन सहज बनाउदै जान खोजिरहेको बताए।”जापान र विदेशमा संक्रमणको अवस्था र फिर्ता हुने जापानी नागरिकको मागलाई ध्यानमा राखेर, हामी चरणबद्ध रूपमा अन्तर्राष्ट्रिय ट्राफिक बढाउने छौं,” मात्सुनोले भने।
नोभेम्बरको अन्त्यदेखि, जापानमा प्रवेश गर्न चाहने गैरआवासीय विदेशीहरूको केहिलाई मात्र अपवादको रूपमा प्रवेश दिइएको थियो। जापानमा अप्रिलबाट हुने नयाँ विद्यालय र व्यावसायिक वर्ष सुरु संगै प्रवेशमा सहजता बनाईएको छ ।
व्यवसायी नेताहरू, शिक्षाविद्हरू र सत्तारुढ दलका केहि सांसदहरूले जापानको नीति अझै पनि कडा रहेको औल्याउदै सरकारले भविष्यमा दशौं हजार नयाँ प्रवेशकर्ताहरूलाई अनुमति दिने गरि दैनिक सीमा बढाउन आवश्यक रहेको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?