प्रमुख समाचार

जापानमा भएको ‘के वन क्रस १७५’ को उपाधि जित्दै किक बक्सिङ खेलको इतिहासमा नयाँ कीर्तिमान कायम

नेपाली युवा बक्सर अविरल घिमिरेले किक बक्सिङ खेलको इतिहासमा नयाँ कीर्तिमान कायम गर्न सफल भएका छन् ।  ‘हिमालयन चितुवा’को नामले विश्व परिचित बक्सर घिमिरेले पहिलो पटक तीनवटा अन्तर्राष्ट्रिय ‘किक बक्सिङ टाइटल’ हात पार्दै अदम्य साहस तथा असाधारण उपलब्धि हासिल गरेका हुन् ।  बक्सर घिमिरेले जापानको ओसाका सहरमा आइतबार सम्पन्न  विश्व प्रसिद्ध ‘के वन क्रस १७५’को उपाधि चुम्दै नयाँ कीर्तिमान बनाउन सफल भए । अत्यन्त प्रतिस्पर्धात्मक प्रतियोगितामा उहाँले जापानी किक बक्सिङ ‘च्याम्पियन’ ओडा जिन्कलाई दोस्रो राउण्डमा परास्त गर्दै विश्व ‘च्याम्पियन’ बनेका… पुरा पढौ

गलकोट समाज जापानले गलकोट र ताराखोलाका माध्यमिक तहका सामुदायिक विद्यालयहरुमा अक्षयकोष स्थापना गर्ने

गलकोट समाज जापानले गलकोट र ताराखोलाका माध्यमिक तहका सामुदायिक विद्यालयहरुमा अक्षयकोष स्थापना गर्ने भएको छ । गलकोटको समग्र शिक्षा क्षेत्रमा विकास गर्ने उद्देश्यले गलकोट शिक्षा कोष नामक अक्षयकोष स्थापना गर्न लागिएको गलकोट समाज जापानले जनाएको छ । अक्षयकोष गलकोट क्षेत्रका १० सामुदायिक बिद्यालय र ताराखोला गाऊपालिकाको नेपाल माबिमा ५-५ लाखका दरले स्थापना गरिने गलकोट समाज जापानका अध्यक्ष रत्नसिंह वस्नेतले बताए । अक्षयकोष स्थापना कार्यक्रम पाण्डवखानी माध्यमिक विद्यालय, रत्न लक्ष्मी माध्यमिक विद्यालय, जनजागृती माध्यमिक बिद्यालय, भैरव माध्यमिक बिद्यालयमा जेठ ६ गते गरिने समाजका महासचिव… पुरा पढौ

गल्कोट समाज जापान कान्साईले ओसाकामा नेपाल महोत्सव गर्दै

ओसाका, जापान । गल्कोट समाज जापान कान्साईले ओसाकामा नेपाल महोत्सव गर्ने भएको छ । ओसाकामा सोमबार पत्रकार सम्मेलन गदैं नेपाल महोत्सव बारे जानकारी गराएको हो । नेपालको भेषभुषा, कला, साहित्य, संस्कार, संस्कृति, सभ्यता सहित प्राकृतिक, धार्मिक, पौराणिक तथा ऐतिहासिक महत्व झल्किने गरी नेपाल महोत्सव आयोजना गर्न लागिएको समाजका अध्यक्ष नरबहादुर थापाले बताए । जुन महिनाको १४ र १५ तारिक शनिवार र आइतवारको दिन पारेर कान्साईमा नेपाल महोत्सव गर्ने भएको हो। ओसाकामा भएका हाल सम्मका महोत्सव भन्दा फरक र आकर्षक पनि… पुरा पढौ

बुद्ध जयन्तीको अवसरमा जापानमा शान्ति पदयात्रा

गुन्मा, जापान – बुद्ध जयन्तीको अवसरमा जापानमा पहिलोपटक ऐतिहासिक शान्ति पदयात्रा सम्पन्न भएको छ। जापानको गुन्मा केनमा २८६९औं बुद्ध जयन्तीको अवसरमा नेपाली समुदायद्वारा आयोजित ऐतिहासिक शान्ति पदयात्रा भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। बुद्धको शान्ति, करुणा र अहिंसाको सन्देशलाई जापानी समाजमा प्रवाह गर्दै "बुद्ध नेपालमा जन्मनु भएको हो" भन्ने तथ्यलाई सशक्त रूपमा विश्वसामु प्रस्तुत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो। पदयात्रा गुन्मा स्थित ओता स्टेशनबाट सुरु भई निशि कोइजुमी स्टेशन हुँदै इजुमी पार्कसम्म करिब ६ किलोमिटरको दुरीमा सम्पन्न भयो। पदयात्रामा… पुरा पढौ

घुम्टे युवा परिवार जापानद्वारा विपन्न परिवारलाई उपचारका लागि आर्थिक सहयोग

उपचार खर्च जुटाउन नसकेर पीडामा रहेका गलकोट नगरपालिका वडा ०७ मल्मका जंग बहादुर चोखालको परिवारलाई आर्थिक सहयोग गरिएको छ। चोखाल परिवारको आर्थिक अवस्था कमजोर रहेको अवस्थामा नाबालक दुई नातीहरुमा आएको जटिल परिस्थितिको उपचारमा केहि राहत पुगोस् भन्ने उदेश्यले घुम्टे युवा परिवार जापानले आर्थिक सहयोग अभियान संचालन गरिएको आर्थिक संकलन अभियानका संयोजक तथा संस्थाका उपाध्यक्ष बिष्णु थापाले बताए। थापाका अनुसार चोखाल परिवारको आर्थिक अवस्था कमजोर भएकाले समयमै उपचार पाउन कठिनाइ भइरहेको सूचना पाएपछि सहयोग अभियान सुरु गरिएको थियो। जापानमा छोटो समयमा… पुरा पढौ

बक्यौता उठाउन छाडेर ऋण लिने तयारीमा प्राधिकरण

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले ४२ अर्बभन्दा बढी बक्यौता उठाउन छाडेर १० अर्ब रूपैयाँ ऋण लिने भएको छ । प्राधिकरणले आज श्वेतपत्र जारी गर्दै आफ्नो खातामा मौज्दात नै नभएकाले अल्पकालीन ऋण लिने प्रक्रिया अघि बढाइएको बताएको हो । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आज श्वेतपत्र जारी गर्दै प्राधिकरणको चालु खातामा २ अर्ब रूपैयाँ मात्रै रहेकाले १० अर्ब रूपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो। अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकेको उहाँको भनाइ थियो । प्राधिकरणले लिने अल्पकालीन… पुरा पढौ

“प्रथम नेपाल फेस्टिवल कान्साई २०२५” सुरु, भोलिसम्म संचालन हुने

जापानको ओसाकामा आज देखी “प्रथम नेपाल फेस्टिवल कान्साई २०२५” सुरु भएको छ । गैरआवसीय नेपाली संघ एनआरएनए कान्साईको आयोजनामा आज र भोलि अप्रिल २७ तारिक आईतबारसम्म चल्ने छ । "नेपाल र नेपालीको जापानमा पहिचान, नेपाल फेस्टिवलमार्फत नेपालमा पर्यटन प्रवर्द्धन" भन्ने मूल मान्यताका साथ, नेपाली राजदूतावास टोकियोको सहकार्यमा गैर-आवासीय नेपाली संघ जापान क्षेत्रीय समिति (कान्साई)को आयोजना तथा कान्साईमा सक्रिय संघ-संस्थाको सह-आयोजनामा नेपालको कला, संस्कृति, रीतिरिवाज र परम्परालाई प्रवासमा निरन्तरता दिने उद्देश्यले "प्रथम नेपाल फेस्टिवल कान्साई २०२५" को आयोजना गरिएको आयोजकले जनाएको… पुरा पढौ

ओसाका खान्साई एक्स्पो-२०२५ नेपाली पेभिलियोन अझै खुलेन, कारण यस्तो छ

टोकियो – जापानको ओसाका सहरमा अघिल्लो सातादेखि विश्व कुम्भमेला अर्थात ओसाका खान्साई एक्स्पो सुरु भएको छ । विश्वका १ सय ५८ राष्ट्रको सहभागिता रहेको विश्व कुम्भमेला गतसाता देखि सुरु भई आगामी अक्टुबर १२ अर्थात ६ महिनासम्म चल्ने छ । जापानका सम्राट नारुहितोले एक भब्य समारोहकाबीच उदघाटन गरेको ओसाका एक्स्पोमा दैनिक लाखौं मानिसहरुले अवलोकन गरिरहेको बताईन्छ । ओसाकाको आर्टिफिसियल आइल्याण्ड भनेर चिनिने युमेसिमामा जारी एक्स्पो अवधिभरमा २ करोड ८० लाख पर्यटकले अवलोकन गर्ने प्रक्षेपण गरिएको छ । विश्वका विभिन्न राष्ट्रले आ-आफ्ना… पुरा पढौ

जापानबासी नेपाली समुदायको सरोकार र आवश्यकतालाई जोड्ने गरि एकिकृत नेपाल हाउस बहुसांस्कृतिक केन्द्रको निमार्ण गरिने

जापानबासी नेपाली समुदायको सरोकार र आवश्यकतालाई जोड्ने गरि एकिकृत नेपाल हाउस बहुसांस्कृतिक केन्द्रको निमार्ण गरिन लागेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले जनाएको छ।टोकियोमा आयोजित एक कार्यक्रममा बोल्दै एनआरएनए जापानका अध्यक्ष नविन निउरेले जापानमा हजारौं नेपालीहरू काम, पढाई, र बसोबासका लागि आएका छन्। तर, एक साझा स्थान नभइ समुदायलाई संगठित गर्न र सामूहिक समस्याहरू समाधान गर्न गाह्रो भइरहेको तथ्यलाई नेपाल हाउसले समाधान गर्नेछ भन्ने विश्वास लिएको बताए। "करिब ५ देखि ६ करोड जापानी येनको लागतमा निर्माण सम्पन्न गर्ने… पुरा पढौ

ताराखोला फ्रेण्ड सर्कल जापानले प्रथम ताराखोला कप मैत्रीपूर्ण पुरुष भलिवल प्रतियोगिता 2025 गर्ने

ताराखोला फ्रेण्ड सर्कल जापानले आउदो जुन १६ तारिकका दिन प्रथम ताराखोला कप मैत्रिपूर्ण पुरुष भलिवल प्रतियोगिता 2025 गर्ने भएको छ। "कला सस्कृति भेषभूषा विविधतामा अर्गानिक प्यारो ताराखोला संधै एक कदम अगाडी " भन्ने मूल नाराका सथ आफ्नो मातृभूमि लागि शिक्षा, स्वास्थ, खेलकूद ऐतिहासिक परम्परा संरक्षण साथै विकास निर्माणमा समन्वय सहयोग गर्ने उद्देश्यका साथ विदेशि भूमिमा पनि खेलकूदको माध्यबाट आपसि सद्धभाव सुमधूर भाईचार तथा सामाजिक सम्बन्ध निर्माण गरी नेपालको राष्ट्रयीय खेल भलिबलको संरक्षणन गर्दै भलिबल खेलाडीहरुले हौसला वृद्धि गर्ने मुख्य उद्देश्य… पुरा पढौ