स्थानीय समाचार

जैमिनी नगरपालिका वडा नं ९ मा एमालेका थापा विजयी

जैमिनी नगरपालिका वडा नं ९ पैयुँथन्थापको वडा अध्यक्षमा नेकपा एमालेका सन्दिप (ईन्द्र) बहादुर थापा विजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट उमेदवार बनेका राष्ट्रिय जनमोर्चाका भगिन्द्र थापालाई पाँच मतान्तरले हराउँदै वडा अध्यक्षमा विजयी भएका हुन् । नेकपा एमालेका ईन्द्र थापाले ६ सय ३ मत प्राप्त गरेका थिए भने राष्ट्रिय जनमोर्चाका भगिन्द्र थापाले ५ सय ९८ मत प्राप्त गरेका थिए । महिला सदस्य, दलित सदस्य र खुल्ला सदस्यमा भने गठबन्धनका उमेदवारले जित हाँसिल गरेका छन् । पुरा पढौ

बागलुङका तमानखोला गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार अध्यक्ष र उपाध्यक्षमा विजयी

बागलुङका तमानखोला गाउँपालिकामा स्थानीय तह निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ । जस अनुसार तमानखोला गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्ष पदमा उमेदवार बनेका जोकलाल बुढा र उपाध्यक्ष पदमा उमेदवार बनेकी हिरा कुमारी छन्त्याल निर्वाचित भएका छन् ।जिल्लाभरी पाँच दलीय गठबन्धन गरिएपनि तमानखोलामा सबै राजनैतिक दलहरु आ आफ्नै तरिकाले सिंगल सिंगल निर्वाचनमा लडेका थिए ।पछिल्लो मत परिणाम अनुसार तमानखोला गाउँपालिकामा नेकपा माओवादी केन्द्रका तर्फबाट वडा नं. १ मा थमबहादुर रोका, वडा नं. २ मा नारायण सुनार र वडा नं. ४ मा छवि… पुरा पढौ

भरतपुर महानगरमा रेणुको अग्रता कायमै, ११० मतले पछि परे विजय 

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता कायमै राखेकी छिन् । रेणुले एमालेका विजयी सुवेदीलाई ११० मतले पछाडि पारेकी छिन् । ३१६८ मतगणना हुँदा सत्तारुढ गठबन्धनकी उम्मेदवार रेणु दाहाले ११७८ मत पाएकी छिन् । रेणुलाई पछ्याइरहेका एमालेका सुवेदीले १०६८ मत पाएका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४११ मत पाएका छन् ।  पुरा पढौ

निसीखोला गाउपालिकामा दोब्बर मतले एमाले भन्दा गठबन्धन अगाडि

निसीखोला गाउँपालिकामा पाँच दलीय गठबन्धनका उम्मेदवार सुर्यबहादुर घर्तिले एमालेका तर्फबाट अध्यक्ष पदका उमेद्वार भूमिराज घर्तिलाई करिव दोब्बर मतले पछि पारेका छन् । नेपाली काँग्रेसका तर्फबाट गठबन्धनबाट गाउँपालिका अध्यक्ष पदमा उमेदवार रहेका घर्तीले अहिलेसम्म १३३५ मत ल्याएका छन् भने एमालेका उम्मेदवार भूमिराज घर्तिले ६५७ मत ल्याएका छन् । पुरा पढौ

ढोरपाटन नगरपालिकामा ६६ मतान्तरले एमालेको अग्रता

ढोरपाटन नगरपालिकाको हालसम्मको मतपरिणाम अनुसार एमालेको अग्रता देखिएको छ । गए रातिबाट सुरु भएको मतगणना अनुसार नेकपा एमालेले अग्रता कायम गरेको छ । नगरको वडा नं. ९ बाट सुरुभएको गणनामा अनुसार नगर प्रमुखमा नेकपा एमालेका देवकुमार नेपालीले ३७९ मत ल्याएका छन भने, पाँच दलीय गठबन्धनका चन्द्रलाल अर्यालले ३१३ मत प्राप्त गरेका छन । अहिलेसम्म कुल ९०० मत गणना भएको छ । यस वडामा १०६५ मत खसेको थियो ।यस्तै उपप्रमुखमा भने गठबन्धनका उम्मेदवार धनबहादुर कायतले ३७१ मत ल्याएर अग्रता कायम गरेका… पुरा पढौ

हल्दीबारीको अध्यक्षमा एमालेका गिरीभन्दा राप्रपाका लिङ्देन ५१७ मतले अगाडि

झापा- झापाको हल्दीबारी गाउँपालिकामा राप्रपाले अग्रता लिएको छ। अहिलेसम्म २ हजार ७ सय ५६ मतगणना हुँदा राप्रपाका रविन्द्रप्रसाद लिङ्देनले १३७२ मत ल्याउँदै अग्रता लिएका छन्। नेकपा एमालेका डम्बर बहादुर गिरीले ८५५, नेपाली कांग्रेसका तुलसीप्रसाद ओलीले २३० र नेकपा माओवादी केन्द्रका भवानीप्रसाद दंगालले ८० मत ल्याएका छन्। यसैगरी, उपाध्यक्षमा पनि राप्रपाकै लक्ष्मी मैनालीले १०९६ मत पाएकी छन्। एमालेकी शान्तादेवी गौतमले ८३५, राप्रपाकी लक्ष्मी देवी मैनालीले १०९६ र माओवादीकी टिकादेवी राउतले १२५ मत ल्याएका छन्। पुरा पढौ

रेनु दाहाल ९८ मतान्तरले अगाडि

काठमाडाैँ- चितवनकाे भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयरमा उम्मेदवार बनेकी रेनु दाहाल ९८ मतान्तरले अगाडि छन्। २ हजार ९६८ मतगणना हुँदा दाहालले १ हजार १०५ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले १ हजार ७ मत पाएका छन्। सुवेदीलाई राप्रपाकाे पनि साथ छ। कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३९० मत पाएका छन्। उपमेयरमा भने कांग्रेस अगाडि छ। कांग्रेसका चित्रसेन अधिकारीले १ हजार २२६ मत पाउँदा राप्रपाका हिमला गुरुङले ८३० मत ल्याएका छन्। पुरा पढौ

भरतपुर महानगरपालिका अपडेट: ८४ मतान्तरले रेनु दाहाल विजयी सुवेदी भन्दा अघि

भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता बढाएकी छन् । १२५० मत गन्दा रेनुले ४८३ मत ल्याएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी विजय सुवेदीले ४ सय २ मत प्राप्त गरेका छन् ।नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १ सय ५७ मत ल्याउँदै तेस्रो भएका छन् । त्यस्तै, उपमेयर पदमा पनि गठबन्धनले अग्रता कायम गरेको छ । नेपाली कांग्रेसका तर्फबाट उपमेयर पदका उम्मेदवार चित्रसेन अधिकारीले ५ सय ३६ मत ल्याएका छन् । त्यस्तै, राप्रपाका तर्फबाट उपमेयर पदकी उम्मेदवार हिमला… पुरा पढौ

भरतपुर महानगर अपडेट: ६ मत अन्तर ले अघि लागिन रेनु दाहाल

भरतपुर महनागरमा गठबन्धनका तर्फबाट मेयर उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिएकी छन्। ३५० मत गन्दा दाहालले १३३ मत पाएकी छन् भने यसअघि अग्रता लिइरहेका एमालेका विजय सुवेदी ६ मतले पछि परेर १२७ मत ल्याएका छन्। बागी उम्मेदवार जगन्नाथ पौडेलले ४१ मत पाएका छन्। जारी गणनामा अहिलेसम्म ८ प्रतिशत मत बदर भएको छ। भरतपुर महानगरको २९ वडा बाट  १ लाख २७ हजार ५६५ मत खसेको छ। वडा न १ जम्मा मतदाता ५ हजार ७४ छ। जसमा ३२ सय ७६ मत… पुरा पढौ

गठबन्धनलाई परास्त गर्दै गलकोट नगरपालिका ११ मा एमालेका डम्मर श्रीस विजयी

गलकोट नगरपालिकाको वडा नं. ११ रिघामा पाँच दलीय गठबन्धनका उमेदवारलाई हराउँदै नेकपा एमालेका उमेद्वार डम्मर श्रीस विजयी भएका छन् । गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका वडा अध्यक्ष पदका उमेदवार दिलबहादुर बुढाथोकीलाई २६४ मतान्तरको फरकमा पराजित गर्नुभएको छ । श्रीसले ९ सय ७३ मत ल्याउँदा गठबन्धनका बुढाथोकीले ७ सय ९ मत ल्याउनुभएको थियो । पुरा पढौ