स्थानीय समाचार

हल्दीबारीको अध्यक्षमा एमालेका गिरीभन्दा राप्रपाका लिङ्देन ५१७ मतले अगाडि

झापा- झापाको हल्दीबारी गाउँपालिकामा राप्रपाले अग्रता लिएको छ। अहिलेसम्म २ हजार ७ सय ५६ मतगणना हुँदा राप्रपाका रविन्द्रप्रसाद लिङ्देनले १३७२ मत ल्याउँदै अग्रता लिएका छन्। नेकपा एमालेका डम्बर बहादुर गिरीले ८५५, नेपाली कांग्रेसका तुलसीप्रसाद ओलीले २३० र नेकपा माओवादी केन्द्रका भवानीप्रसाद दंगालले ८० मत ल्याएका छन्। यसैगरी, उपाध्यक्षमा पनि राप्रपाकै लक्ष्मी मैनालीले १०९६ मत पाएकी छन्। एमालेकी शान्तादेवी गौतमले ८३५, राप्रपाकी लक्ष्मी देवी मैनालीले १०९६ र माओवादीकी टिकादेवी राउतले १२५ मत ल्याएका छन्। पुरा पढौ

रेनु दाहाल ९८ मतान्तरले अगाडि

काठमाडाैँ- चितवनकाे भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयरमा उम्मेदवार बनेकी रेनु दाहाल ९८ मतान्तरले अगाडि छन्। २ हजार ९६८ मतगणना हुँदा दाहालले १ हजार १०५ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले १ हजार ७ मत पाएका छन्। सुवेदीलाई राप्रपाकाे पनि साथ छ। कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३९० मत पाएका छन्। उपमेयरमा भने कांग्रेस अगाडि छ। कांग्रेसका चित्रसेन अधिकारीले १ हजार २२६ मत पाउँदा राप्रपाका हिमला गुरुङले ८३० मत ल्याएका छन्। पुरा पढौ

भरतपुर महानगरपालिका अपडेट: ८४ मतान्तरले रेनु दाहाल विजयी सुवेदी भन्दा अघि

भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता बढाएकी छन् । १२५० मत गन्दा रेनुले ४८३ मत ल्याएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी विजय सुवेदीले ४ सय २ मत प्राप्त गरेका छन् ।नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १ सय ५७ मत ल्याउँदै तेस्रो भएका छन् । त्यस्तै, उपमेयर पदमा पनि गठबन्धनले अग्रता कायम गरेको छ । नेपाली कांग्रेसका तर्फबाट उपमेयर पदका उम्मेदवार चित्रसेन अधिकारीले ५ सय ३६ मत ल्याएका छन् । त्यस्तै, राप्रपाका तर्फबाट उपमेयर पदकी उम्मेदवार हिमला… पुरा पढौ

भरतपुर महानगर अपडेट: ६ मत अन्तर ले अघि लागिन रेनु दाहाल

भरतपुर महनागरमा गठबन्धनका तर्फबाट मेयर उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिएकी छन्। ३५० मत गन्दा दाहालले १३३ मत पाएकी छन् भने यसअघि अग्रता लिइरहेका एमालेका विजय सुवेदी ६ मतले पछि परेर १२७ मत ल्याएका छन्। बागी उम्मेदवार जगन्नाथ पौडेलले ४१ मत पाएका छन्। जारी गणनामा अहिलेसम्म ८ प्रतिशत मत बदर भएको छ। भरतपुर महानगरको २९ वडा बाट  १ लाख २७ हजार ५६५ मत खसेको छ। वडा न १ जम्मा मतदाता ५ हजार ७४ छ। जसमा ३२ सय ७६ मत… पुरा पढौ

गठबन्धनलाई परास्त गर्दै गलकोट नगरपालिका ११ मा एमालेका डम्मर श्रीस विजयी

गलकोट नगरपालिकाको वडा नं. ११ रिघामा पाँच दलीय गठबन्धनका उमेदवारलाई हराउँदै नेकपा एमालेका उमेद्वार डम्मर श्रीस विजयी भएका छन् । गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका वडा अध्यक्ष पदका उमेदवार दिलबहादुर बुढाथोकीलाई २६४ मतान्तरको फरकमा पराजित गर्नुभएको छ । श्रीसले ९ सय ७३ मत ल्याउँदा गठबन्धनका बुढाथोकीले ७ सय ९ मत ल्याउनुभएको थियो । पुरा पढौ

निर्वाचनमा धाँधली भएको भन्दै ढोरपाटन नगरपालिकामा पुनःमतदान गराउन निवेदन

निर्वाचन निष्पक्ष नभएको भन्दै ढोरपाटन नगरपालिकामा पुनःमतदान गराउन निवेदन परेको छ । निर्वाचन अधिकृतको कार्यालयमा नगरपालिकाको–४ छोरेगाउँ मावि र हिमाल आधाभूत विद्यालय मतदान केन्द्रमा स्वच्छ र निष्पक्ष रुपमा मतदान नभएको भन्दै मेयर पदका उम्मेदवार चन्द्रलाल अर्यालले पुनः मतदानको माग गर्दै निवेदन पेश गरेका हुन् । अर्यालले शनिबार दिउँसो १ः३८ बजे निर्वाचन अधिकृतको कार्यालय बुर्तिबाङमा निवेदन दिएको नगरपालिकाका निर्वाचन अधिकृत लालसिंह थापाले जानकारी दिए । उनका अनुसार सर्वदलीय बैठकले वडा नम्बर ४ को टुंगो नलगाएसम्म मतगणना नहुने भएको हो । ‘गठबन्धनको… पुरा पढौ

बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा गठबन्धनका चन्द्रसिंह रामजाली निर्वाचित

बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका चन्द्रसिंह रामजाली निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी नेकपा एमालेका थमबहादुर घर्ती मगरलाई ३७ मतान्तरले पराजित गरेका हुन् । रामजालीले ६५५ मत प्राप्त गरका छन् भने घर्ती मगरले ६१८ मत ल्याएका छन् । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका सूर्य बहादुर घर्ती मगरले ६३३ र एमालेका भूमिराज घर्ती मगरले ५४७ मत प्राप्त गरेका छन् । राप्रपाका कृष्णबहादुर मल्लेले ४८ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा माओवादी केन्द्रका प्रेम घर्ती मगरले ५९२ र एमालेकी… पुरा पढौ

गलकोट नगरपालिकाको मेयर पदकी स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसेद्वारा गठबन्धन दलका विरुद्ध गलत समाचार सम्प्रेषण गरेकोमा लिखित रूपमा माफी मागिन

वैशाख ३० अर्थात् भोलि हुने निर्वाचनको मौन अवधिमा आफूले निर्वाचन आयोगले तोकेको आचारसंहिता विपरितको कार्य गरेर गल्ती गरेको र भन्दै गलकोट नगरपालिकाको मेयर पदकी स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसेले लिखित रूपमा माफ़ी मागेकी छन ।बुधबार राती करिब १० बजेको समयमा गलकोट नगरपालिका वार्ड नम्बर ८ को बिरकोट चालिसेटोला लगायतका ठाऊका मतदाताको घरघरमा पुगि रकम बांडेको आरोपमा प्रहरीले उम्मेदवार शर्मासहित उनको टिमका सदस्यलाई प्रहरीले ६ घण्टा नियन्त्रणमा लिएर छाडेको थियो ।नियन्त्रणबाट बाहिर आएसंगै शर्माले कपोलकल्पित रूपमा आफ़नो पक्षमा जनलहर देखिएबाट गठबन्धन… पुरा पढौ

एकैदिन ३५ हजार २ सय २१ पदमा नेतृत्व परिवर्तन हुदै,१ लाख ४५ हजार ११ जनाले प्रतिस्पर्धा गर्दै

स्थानीय तहमा शुक्रबार एकसाथ निर्वाचन हुँदैछ। स्थानीय निर्वाचनको निम्ति ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरेर जम्मा ७५३ स्थानमा चुनाव हुन लागेको हो। स्थानीय निकायमा ७५३ मेयर तथा अध्यक्ष रहनेछन् भने ७५३ उपमेयर तथा उपाध्यक्ष रहनेछन्। स्थानीय तहमा ६ हजार ७ सय ४३ वडा अध्यक्ष निर्वाचित हुनेछन। खुला सदस्यको संख्या १३ हजार ४ सय ८६ रहनेछ। महिला सदस्य र दलित महिला सदस्य ६ हजार ७ सय ४३ गरेर १३ हजार ४८६ जना रहनेछन्। यसमा जम्मा निर्वाचित हुने… पुरा पढौ

मतदान केन्द्रभित्र मोवाइल क्यामेरा, सलाई, लाइटर, एसिड, हात हतियार, नमूना मतपत्र नलैजानू- आयोग

वैशाख ३० गते मतदानका लागि मतदान केन्द्रमा जाँदा विभिन्न कुरामा ध्यान दिन निर्वाचन आयोगले आग्रह गरेको छ । आयोगले बुधबार विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ ले विभिन्न व्यवस्था गरेको जनाएको छ । मतदानको दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमतिप्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति, महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको… पुरा पढौ