जापान विशेष

पर्वत समाज जापानको छैठौ अधिवेशन सम्पन्न अध्यक्षमा सुवेदी निर्वाचित

पर्वत समाज जापानको छैठौ अधिवेशनबाट अध्यक्षमा जनक सुवेदी निर्विरोध निर्वाचित भएका हुनुभएको छ । आइतबार टोकियोमा सम्पन्न समाजको सो अधिवेसनबाट उपाध्यक्षमा सुवास लामिछाने, मुक्तिराज सुवेदी र रमेश काफलेनिर्वाचित हुनु भएको निर्वाचन समितिले जानकारी दिएको छ । सो अधिवेशनबाट महासचिवमा राम बस्तोला सचिवमा बिनोद न्यौपाने र अनिल पन्त निर्वाचित भएका छन भनेकोषाध्यक्षमा बिमल न्यौपाने र सह कोषाध्यक्षमा कृष्ण भुषाल निर्वाचित भएको निर्वाचन समितिले जानकारी दियो । त्यसैगरि सदस्यहरूमाराजेन्द्र भुषाल,अर्जुन कुमार बसेल,बसन्तकुमार जोशी,अर्जुन तिवारी, बिकास पौडेल,संजीत सुनार, अर्जुन थापा निर्वाचित भएका छन… पुरा पढौ

गैर आवासीय नेपाली संघ जापानको कान्तोमा बागलुङका केसी विजयी

जापान/ गैर आवासीय नेपाली संघ जापान कान्तोको क्षेत्रीय अधिवेशनबाट बागलुङ गलकोटका दिपेश केसी २०२१-२०२३ का लागि सर्वसहमतिमा निर्वाचित भएका हुनुभएको छ ।आइतबार टोकियोमा सम्पन्न क्षेत्रको सातौ अधिवेसनबाट केसी समयोजक शैलेन्द्र खड़का र सुरेश के सी उप उप समयोजकमा निर्वाचित हुनु भएको निर्वाचन समिति संयोजक विजय थकालीले जानकारी दिनुभयो ।सो अधिवेशनबाट सचिवमा सागर कार्की सह सचिवमा महेन्द्र राउत र दिपक सुबेदी विप्लव निर्वाचित भएका छन भने कोषाध्यक्षमा विनोद राई, सह कोषाध्यक्षमा पुरन्जन नेपाल निर्वाचित भएको निर्वाचन समिति सदस्य बाबुराम पौडेलले बताउनुभयो… पुरा पढौ

जापानमा नेपालीहरु के कसरी बसेका छन् त ? सकारात्मक पाटा र सुधार गर्नुपर्ने पक्ष

जापान नेपालीकोहरुको लागि अध्ययन, अध्यापन, रोजगारी र ब्यावसायको निम्ति आकर्षक मुलुक बनेको छ । जापानमा नेपाली डायस्पोरा प्रतिवर्ष विस्तारित भइरहेको छ । सन् २००६ मा ७ हजार ८ सय ४४ को संख्यामा रहेका नेपालीको संख्या प्रत्येक वर्ष बढेर सन् २०२१ फेब्रुबरी २ तारिकमा सार्वजनिक गरेको तथ्यांक अनुसार जापानमा नेपालीको जनसंख्या ९९ हजार ६ सय २८ छ । यो संख्या जापानमा विदेशीहरुको संख्याको पाचौं स्थान हो ।जापान सरकारले विदेशीलाई साधारणतया ६ प्रकारका भिसा दिने गरेको छ, जसमा कूटनीतिक भिसा, अफिसियल भिसा,… पुरा पढौ

जापानमा पुन थपियो स्वास्थ्य सङ्कटकाल

जापान । जापान सरकारले कोभिडका कारण घोषणा गरिएको सङ्कटकालको अवधिलाई नौ प्रान्तहरूमा शुक्रबार थप तीन हप्ताका लागि विस्तार गरेको छ । जापानमा पछिल्लो समय सङ्क्रमण दरमा कमी आएपनि अझै खतरामुक्त नरहेको भन्दै मा जुन २० सम्मका लागि सङकटकाल बिस्तार गरेको हो । एसिया–प्रशान्त क्षेत्रमा कोभिड–१९ सङ्क्रमण र मृत्युका घटनामा अझै अपेक्षाकृत कमी नआएपछि उक्त क्षेत्रका अधिकांश मुलुकहरूले उच्च सतर्कता अपनाएका छन् । यद्यपि केही देशहरूले यसको रोकथाम गर्न प्रतिबन्धहरूलाई बिस्तार गरेका छन् । सङ्बटकाल बिस्तार गरिएका जापानी नौ प्रान्तहरू टोकियो, ओसाका,… पुरा पढौ

जनप्रगतिशिल मञ्च जापानद्धारा कोरोना नियन्त्रणका लागि ९ लाख बढि सहयोग

जनप्रगतिशिल मञ्च जापानद्धारा कोरोना भाईरस कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि नेकपा माओवादीकेन्द्रको खातामा आपत्कालिन सहयोग रकम हस्तान्तरण गरिएको छ । विश्वव्यापि रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ को दोश्रो लहर नेपालमा पनि तिव्र गतिमा फैलिरहेकोले यसकोरोकथाम तथा नियन्त्रणको लागि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रवास समन्वय कमिटीले मञ्चसंग सहकार्य गरीवैदेशिक रोजगारीको शिलशिलामा प्रवासमा रहनुभएका विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट संकलित ९ लाख १५हज़ार ११ रुपैया नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको खातामा जम्मा गरिएको जनप्रगतिशिल मञ्च जापानका पूर्वीएसिया कमिटी संयोजक… पुरा पढौ

९ महिनामा सात खर्ब २९ अर्ब विप्रेषण

काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ । कोरोनाका कारण प्रमुख श्रम गन्तव्यमा रोजगारीमा नकारात्मक प्रभाव परेको भएपनि विप्रेषण आप्रवह भने राम्रो रहेको पाइएको हो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको नौ महिनाको विवरणमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ । केन्द्रीय बैंकको विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह… पुरा पढौ

सलमानको ‘राधे’ क्लियर टिभीको मुभी अन डिमाण्डमा

काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले क्लियर टिभीको मुभी अन डिमाण्डमार्फत सलमान खान अभिनित ‘राधे’ प्रसारण गरेको छ । प्रभुदेवा निर्देशित उक्त फिल्म विश्वव्यापी रुपमै बहुप्रतिक्षित फिल्मको रुपमा लिइएको छ । बिद्यमान परिस्थितिमा सबैजना घरमै रहेको अवस्थामा यसले केही हदसम्म ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्ने विश्वास लिइएको छ । मे १३ मा विश्व भर औपचारिक रुपमा प्रसारण हुने उक्त फिल्म क्लियर टिभीको च्यानल नं १११(एच डि) र ११२ (एस डि) मुभी अन डिमाण्डमा प्रसारण हुनेछ… पुरा पढौ

यी हुन् संसारकै फोहोरी मानिस, नुहाएका छैनन् ६५ वर्षदेखि

काठमाडौं । जाडोमा नुहाउन भनेपछि कमैले चासो देखाउँछन् । कतिपयले त दुई तीन हप्तासम्म नुहाउँदैनन् ।  दश वीस दिनसम्म नुहाएको छैन भन्दा हामीले भन्ने गर्छौं– कस्तो फोहोरी होला ? तर कल्पना गर्नुस्त, कुनै मानिसले दसवीस दिन, या एक दुई महिना होइन, वर्षौं र अझ ६५ वर्षसम्म नुहाएको छैन भन्दा पत्याउनुहुन्छ ? तर यो खबर भने साँचो हो ।  इरानका अमो हाजी संसारकैं सबैभन्दा कम नुहाउने व्यक्तिमा परिचित छन् ।  ८७ वर्षीय हाजी इरानको फार्स प्रान्तको देजगाह गाउँमा बस्ने गर्दछन् ।… पुरा पढौ