पर्वत समाज जापानको छैठौ अधिवेशन सम्पन्न अध्यक्षमा सुवेदी निर्वाचित

-


     जनहित न्युज    
     जेठ १६ गते २०७८


पर्वत समाज जापानको छैठौ अधिवेशनबाट अध्यक्षमा जनक सुवेदी निर्विरोध निर्वाचित भएका हुनुभएको छ ।

आइतबार टोकियोमा सम्पन्न समाजको सो अधिवेसनबाट उपाध्यक्षमा सुवास लामिछाने, मुक्तिराज सुवेदी र रमेश काफलेनिर्वाचित हुनु भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

सो अधिवेशनबाट महासचिवमा राम बस्तोला सचिवमा बिनोद न्यौपाने र अनिल पन्त निर्वाचित भएका छन भनेकोषाध्यक्षमा बिमल न्यौपाने र सह कोषाध्यक्षमा कृष्ण भुषाल निर्वाचित भएको निर्वाचन समितिले जानकारी दियो ।

त्यसैगरि सदस्यहरूमाराजेन्द्र भुषाल,अर्जुन कुमार बसेल,बसन्तकुमार जोशी,अर्जुन तिवारी, बिकास पौडेल,संजीत सुनार, अर्जुन थापा निर्वाचित भएका छन ।

त्यसैगरी निर्वाचित हुने अन्य सदस्यहरूमा राम भुषाल सागर सापकोटा कृष्ण भुषाल, सूरज पौडेल, बालकृष्ण रिजाल,रबिनशर्मा, दिपक गुरुंग, राजु गौडेल, जीवन गुरुंग,राजेन्द्र शर्मा,नारायण पौडेल र रमेशराज जैशी रहनुभएको छ ।

भर्चुवल जुमको प्रविधि मार्फ़त सम्पन्न उक्त अधिवेशनमा बोल्ने वक्ताहरूले आफू जन्मेको ठाऊ र समाजका लागिआफूहरू विश्वको जुनसुकै मूलकमा रहेपनि आफ़नो सिप र क्षमताले भ्याएसम्म सहयोग पुर्याउनुपर्नेमा जोड दिएका थिए ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?