जापान सरकारद्वारा कोभिड-१९ को मारमा परेका व्यावसायीलाइ प्रदान गरिएको अनुदान लिदा जालसाजी कागजात पेश गरि रकम लिने ३ जना पक्राउ

- विदेशमा रहेका अर्का एकजनालाई खोजीको सूचिमा राखियो

-


     जनहित न्युज    
     जेठ १६ गते २०७९


कोभिड-१९ को महामारीका कारण संकटमा परेका साना व्यवसायहरूका लागि जापान सरकारद्वारा प्रदान गरिएको ठूलो मात्राको अनुदान सहायता रकममा गलत कागजात(रसिद) तयार गरि ठगेको आरोपमा टोकियो प्रहरीले सोमबार एकै परिवारका तीन सदस्यलाई पक्राउ गरेको छ।
प्रहरीले ४७ वर्षीय मित्सुहिरो तानिगुचीका पूर्व श्रीमती ४५ वर्षीया री तानिगुची, कम्पनीका कार्यकारी अधिकृत (जसको पेशा अज्ञात छ) उनका जेठो छोरा २२ वर्षीय डाईकी, र दोस्रो छोरा २१ वर्षीयलाई पक्राउ गरेको छ ।
सोही परिवारका ४७ वर्षीय मित्सुहिरो तानिगुचीका अहिले जापान छाडेर अन्य देशमा गएको विश्वास गरि प्रहरीले उनलाई पनि अन्तर्राष्ट्रिय खोजी सूचीमा राखेको बताएको छ ।
महामारीका कारण आफ्नो व्यावसायको बिक्री घटेको दाबी गर्दै कोभिड-१९ बापतको अनुदान टोकियो र ह्योगो प्रिफेक्चरमा बस्ने अन्य तीन व्यक्तिको अनुरोधमा जुनदेखि अगस्ट २०२० सम्म तीनै जनाले झूटा आवेदन पेश गरेको अनुसन्धानकर्ताहरूले बताएका छन्।
महानगरीय प्रहरी विभागका सो परिवारको नेतृत्वमा रहेको समूहले सयौं ठगी अनुदानका आवेदन दिएर करिब ९६० मिलियन येन ($ 7.5 मिलियन) निकासा गरेको बताएको छ। सामूहिक रूपमा गलत कागजात तयार गरि अनुदान ठगीको सबैभन्दा ठूलो घटना हुनसक्ने प्रहरीले आशंका गरेको छ।
अनुसन्धानकर्ताहरूका अनुसार अनुदान प्राप्त गर्ने प्रक्रियाको लागि मित्सुहिरो तानिगुचीले भूतपूर्व श्रीमती र जेठो छोरालाई निवेदन लगाए ।त्यससंगै अन्य तीन संदिग्धहरूलाई उनले कर कार्यालयमा दर्ता भएको व्यक्तिको तर्फबाट दोस्रो छोराले तयार पारेको झूटा कर फिर्ता गर्न र फिर्ताको प्रतिलिपिहरू प्राप्त गर्न निर्देशन दिएका थिए।
देश भरबाट परिचित व्यक्तिहरू र सेमिनारहरू मार्फत सङ्कलन गरेको नाम र कम्पनीहरूलाई जो कोहीले पैसा पाउन सक्छ भन्ने दाबी गर्दै मित्सुहिरो तानिगुची र उनको समूहले स्पष्ट रूपमा १७८० वटा झूटा आवेदनहरू सरकारी निकायमा अनुदान प्राप्तिका लागि पेश गरेका थिए ।
उनीहरुले यी मध्ये ९६० भन्दा बढी घटनामा जालसाजी गरेर अनुदान रकम पाएका छन्। आफ्नो नाम दिएका व्यक्तिबाट अनुदान स्वरूप प्रत्येक पटक सयौं हजार येनसम्म अनुदान प्राप्त गरेको घटनाको अनुसन्धान गरिरहेका अधिकारीहरूले विश्वास लिएका छन।अनुसन्धानकर्ताहरूले मित्सुहिरो तानिगुचीले एक दर्जन भन्दा बढी व्यक्तिहरूसँग मिलेर एउटा समूह बनाएका थिए, जसमा उनको परिवार मात्र नभई धेरै परिचितहरू पनि थिए, र उनीहरूले महामारीको सहायता बापतको राहत रकमको लागि बारम्बार जालसाजी आवेदनहरू पेश गरेको भेटिएको बताएका छन ।
अगस्ट २०२० मा अनुदान प्रस्तावका लागि आवेदन प्राप्त गरेपछि सरकारी कार्यालयले टोकियो प्रहरीसँग परामर्श गरेपछि यो गलत धन्दाको योजनाको पर्दाफास भएको थियो । मित्सुहिरो तानिगुची अक्टोबर महिनामा जापानबाट इन्डोनेसियाको लागि प्रस्थान गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?