काठमाडौं महानगरपालिकाको मेयरमा बालेनको ४२ सय बढि मतले अग्रता

-


     जनहित न्युज    
     जेठ ३ गते २०७९


काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ९ हजार १ सय ८६ मत पाएका छन् ।

नेकपा एमालेका केशव स्थापितले ४ हजार ९ सय ४८ मत पाएका छन् ।

बालेन शाहले काठमाडौंमा लगातार अग्रता बनाइरहेका छन् । मत गणना सुरु भएदेखि अग्रता लिएका उनले पछिल्लो पटक मतान्तर पनि बढाउँदै लगेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?