गलकोट नगरपालिकामा प्रमुखमा भरत गैरे, उप प्रमुखमा फमलाल निउरे सहितको गठबन्धन विजयी

- वार्ड नम्बर ११ बाहेक सबै वार्डमा गठबन्धनको जित

-


     जनहित न्युज    
     जेठ २ गते २०७९


गलकोट नगरपालिकाको नगर प्रमुखमा ५ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार तथा नेपाली कांग्रेसका नेता भरत शर्मा गैरेले ५ हजार ४ सय १४ मत सहित पुन नगर प्रमुख पदमा निर्वाचित भएका छन। 

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गलकोट नगरपालिकाको नगर प्रमुखको प्रतिस्प्रर्धामा रहेका गैरे निर्वाचित हुदा उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका पूर्ण बहादुर काउचाले ३ हजार ५ सय १९ मत प्राप्त गरेका थिए । 

त्यस्तै गलकोट नगरपालिकाको उपप्रमुखमा ५ दलीय गठबन्धनको तर्फबाट साझा उम्मेदवार तथा नेकपा माओबादी केन्द्रका नेता फमलाल निउरे ६ हजार ३९ मत सहित भारि मतान्तरले विजयी भएका छन । 

उनको निकटतम प्रतिष्पर्धी नेकपा एमालेकी रुपा बिकले ३ हजार ५७ मत प्राप्त गरेकी थिइन । 

गलकोट नगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र रुपमा उम्मेदवारी प्रस्तुत गरेकी नेपाल कांग्रेसकी नेतृ मन्जु शर्मा चालिसेले ३ हजार २ सय ६२, राष्ट्रिय प्रजातन्त्र पार्टिका डम्मर बहादुर के.सीले ६२ र स्वतन्त्र उम्मेद्वार दिपेन्द्र साहनीले ४० मत प्राप्त गरेका छन । त्यस्तै गलकोट नगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उम्मेदवार तिल बहादुर के.सीले १ हजार ९ सय ८१ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । 

गलकोट नगरपालिकामा वडा नम्वर १ को अध्यक्षमा गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका लाल बहादुर राना, वडा नम्वर २ को अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका हिम बहादुर भण्डारी, वडा नम्वर ३ को अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका फम बहादुर खत्री, वडा नम्वर ४ को अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बल बहादुर खत्री, वडा नम्वर ५ को अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका पवन हमाल, वडा नम्वर ६ को अध्यक्षमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका राम प्रसाद कडेंल, वडा नम्वर ७ को अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका राज बहादुर थापा, वडा नम्वर ८ को अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका तेज प्रसाद सापकोटा, वडा नम्वर ९ को अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका तेज बहादुर थापा, वडा नम्वर १० को अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका भक्त बहादुर काउचा, वडा नम्वर ११ को अध्यक्षमा नेकपा एमालेका डम्मर बहादुर श्रीस भएका छन ।  

कुल २४ हजार ४ सय ८६ मतदाता रहेकोमा १४ हजार ३ सय ७१ मत खसेको थियो ।

वार्ड नम्बर छ मा गठबन्धनको तर्फबाट माओवादीकै प्यानल विजयी

गलकोट नगरपालिका वडा नम्वर ६ मा ५ दलीय गठबन्धको प्यानल विजयी भएको छ । 

गलकोट नगरपालिका वडा नम्वर ६ मा नेकपा माओबादी केन्द्रका राम प्रसाद कंडेलले ५ सय ५ मत सहित विजयी भएका छन । कंडेलले आफ्ना निकट्तम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार भक्त बहादुर सार्कीलाई ५६ मत अन्तरले पराजित कंडेल विजयी भएका हुन। नेकपा एमालेका उम्मेदवार भक्त बहादुर सार्कीले ४ सय ४९ मत प्राप्त गरेका छन ।

त्यस्तै खुल्ला सदस्य राज बहादुर पुन ४ सय ७१ र हर्क बहादुर पाण्डे ४ सय ४१, महिला सदस्य गंगा कुमारी चोखाल ४ सय ९७ र दलित महिला सदस्य माया सार्कीले ५ सय १ मत सहित विजयी भएका हुन ।

गलकोट नगरपालिका वडा नम्वर ५ मा पवन हमालको प्यानल विजयी

गलकोट नगरपालिका वडा नम्वर ५ मा ५ दलीय गठबन्धको प्यानल भारी मतान्तर सहित विजयी भएको छ । 

निर्वाचन अधिकृतको कार्यालय गलकोटका अनुसार गलकोट नगरपालिका वडा नम्वर ५ मा ५ दलीय गठबन्धनको तर्फबाट अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेद्वार पवन हमाल सहितको प्यानल विजयी भएको छ । हमालले ७ सय ११ मत प्राप्त गरी विजयी भएका हुन ।

उनको निकट्तम स्वतन्त्र उम्मेदवार कमला कुमारी ढकालले ३ सय २२ मत प्राप्त गरेकी हुन ।

त्यस्तै खुल्ला सदस्य बल बहादुर खत्रीले ९ सय ३९ र अम्मर बहादुर खत्री ८सय ३८, खुल्ला महिला सदस्य ज्ञान कुमारी खत्री ८ सय ४३ र दलित महिला सदस्य गंगा छिनाल दर्ज़ीले ९ सय १८ मत प्राप्त गदैं विजयी भएका छन ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?