गलकोट नगरपालिका वडा नं ४ मा गठबन्धनको प्यानल नै विजयी

-


     जनहित न्युज    
     जेठ १ गते २०७९


गलकोट नगरपालिका वडा नं ४ मा नेपाली काग्रेसका बल बहादुर खत्री सहित गठबन्धनको प्यानल नै विजयी भएको छ ।
गलकोट नगरपालिका वडा नं ४ मा नेपाली काग्रेसका बल बहादुर खत्रीले ८ सय ८४ मत प्राप्त गर्दै विजयी बन्नुभएको हो । खत्रीले उहाँ प्रतिद्धन्दी नेकपा एमालेका धन बहादुर खड्कालाई ८ सय ४ मतले पराजित गर्नुभएको हो । त्यस्तै वडा सदस्यमा ५ दलिय गठबन्धनका कृष्ण बहादुर भण्डारीले ८ सय ६०, टिका सुवेदीले ८ सय ४०, महिला सदस्यमा गठबन्धनका गंगा खड्काले ८ सय ९४ र गठबन्धका दलित सदस्य जमुना दर्जीले ८ सय ९७ मत प्राप्त गरि गठबन्धनको प्यानल नै विजयी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?