बागलुङको ताराखोला गाउँपालिकामा माओवादीका धनबहादुर विश्वकर्मा’हिमाल’विजयी

-


     जनहित न्युज    
     जेठ १ गते २०७९


बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका धनबहादुर बिश्वकर्मा’हिमालविजयी भएका छन् । आईतबार सम्पन्न मतगणनामा २ हजार २ सय ८५ मत ल्याएर विजयी भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले २ हजार ९०मत प्राप्त गरेका छन् । गठबन्धनका उम्मेदवार बिकले १९० मतान्तरले विजयी भएका हुन ।त्यस्तै नेकपा एमाले बाट गाउँपालिका अध्यक्ष पदका उमेदवार ऋषिराम रोकाले ३९१ मत प्राप्त गरेका छ ।

कैचि चिन्ह लियर गाउँपालिका अध्यक्षमै स्वतन्त्र उम्मेद्बार बनेका याम रोका ले ४८ मत प्राप्त गरेका छन ।

उपाध्यक्षमा बनेका गठबन्धनका भिम बहादुर रोका ले ३ हजार ४ सय ३ मत सहित फराकिलो मतान्तर ले विजयी बनेका छन उनका निकटतम प्रतिद्वन्द्वी थममाया घर्तीले ५ सय ६१ सम्म मत प्राप्त गरेकी छन ।

ताराखोला गाउँपालिका अन्तरगत का ५ वटै वडामा गठबन्धनका उमेदवारहरु विजयी बनेका छन ।

गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार बनेका वडा न १ का याम बहादुर श्रीस , वडा न २ का भद्र बहादुर घर्ती, वडा न ३ का कर्ण बहादुर भण्डारी वडा न ४ का जित बहादुर खत्री र वडा न ५ का मन बहादुर रोका वडा अध्यक्षमा विजयी बनेका छन ।

गठबन्धनबाट वडा न २ मा वडा सदस्यको रुपमा नेपाली काङ्ग्रेसबाट खुल्ला सदस्यमा यमकली घर्ती स्वतन्त्र उमेदवार टेक बहादुर रोका संग पराजित भएकी छन ।

त्यस्तै वडा न ३ मा गठबन्धन अन्तरगत राष्ट्रिय जनमोर्चा बाट वडा सदस्यका उमेदवार बनेका छम बहादुर खत्री स्वतन्त्र उमेदवार पुर्ण बहादुर थापा सङ्ग पराजित बनेका छन । अन्य सबै सदस्य गठबन्धन दलले जितेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?