
बागलुङ- बागलुङको गलकोट नगरपालिका –१ मा राष्ट्रिय जनमोर्चाका लाल बहादुर राना विजयी भएका छन् ।वडा अध्यक्षमा विजयी रानाले ११ सय ६ मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पदम कार्कीले ३ सय ७५ मत प्राप्त गरेका छन् ।
वडा अध्यक्ष राना पाँच दलीय गठबन्धनको तर्फबाट वडा अध्यक्षको उम्मेदवार बनेका थिए ।यसै गरी महिला सदस्यमा धना खत्री, दलित महिला सदस्यमा चित्रा कुमारी सुनार, खुल्ला सदस्यमा पूर्णबहादुर खत्री र भिमबहादुर थापा विजयी भएका छन् ।
गलकोट नगरपालिका वडा नं १ मा नेपाली कांग्रेसका मेयर उम्मेदवार भरत शर्मा गैरेले ७ सय ४ मत प्राप्त गरेका छन् । यसै गरी एमालेका मेयर उम्मेदवार पूर्ण काउचाले ३ सय १६ मत, मेयरका स्वतन्त्र उम्मेदवार मन्जु शर्मा चालिसे ३ सय मत, दिपिन साहनीले ४ मत र राप्रपाका मेयरका उम्मेदवार डम्मर बहादुर केसीले ४ मत प्राप्त गरेका छन् ।
त्यसै गरी नेकपा माओवादी केन्द्रका उपमेयरका उम्मेदवार फमलाल निउरेले ६ सय ८३ मत, एमालेका उपमेयरका उम्मेदवार रुपा विक २ सय ४७ मत, उपमेयरका स्वतन्त्र उम्मेदवार तिलक उप्रेतीले १ सय २४ मत प्राप्त भएका छन् ।



