डोल्पाको जगदुल्लामा कांग्रेस एमालेको गठबन्धन तोड्दै अध्यक्ष र उपाध्यक्ष नै माओवादीले जित्यो

-


     जनहित न्युज    
     वैशाख ३१ गते २०७९


डोल्पाको जगदुल्ला गाउँपालिकाबाट नेकपा माओवादी केन्द्रले पालिकामा विजयीको खाता खोलेको छ। 

माओवादीबाट अध्यक्षका उम्मेदवार नारासिं रोकायाले ६२२ मत ल्याएर विजयी भएका छन्। उनको प्रतिस्पर्धी एमालेका हेमबहादुर महतरा सूर्य ५८५ मत प्राप्त गरेका छन्। 

यस्तै, उपाध्यक्षमा माओवादीकी अमृता बोहरा ७५९ मत ल्याएर विजयी भएकी छन् भने एमालेकी चन्द्रावती थापा ७४९ मत प्राप्त गरिन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?